क्राइम भिक्टिमले ‘यू’ भिसा प्राप्त गर्न सक्छ ?

क्राइम भिक्टिमले  ‘यू’ भिसा प्राप्त गर्न सक्छ ?
रमेश श्रेष्ठ

म टेक्सासमा बस्छु । स्टोरमा काम गरिरहेका बेला केही व्यक्तिहरुले मलाई लुट्न खोज्दा मैले प्रतिरोध गरें र उनीहरुले मलाई कुटपिट गरे । मेरो शरीरमा विभिन्न चोटपटकका साथै मेरो दाहिने हात फ्र्याक्चर हुन पुग्यो । अहिले त्यो घटनाको पुलिस केस चलिरहेको छ । लोकल अस्पतालमा ट्रिटमेन्ट गरिरहेको छु । म स्टुडेन्ट भिसामा छु, तर स्कूललाई निरन्तरता दिने अवस्थामा छैन । क्राइम भिक्तिमहरुलाई ‘यू’ भिसाको व्यवस्था छ भन्ने सुनें, के यो सत्य हो ? के मैले यो प्रोसेस गर्न सक्छु होला ?

– रमण, टेक्सास

युएस कङ्ग्रेसले सन् २००० मा ‘द भिक्तिम्स अफ ट्राफिकिङ एण्ड भ्वाइलेन्स प्रिभेन्सन एक्ट अफ २०००’ पास गरेको थियो । यस कानूनले विभिन्न भिक्तिमहरुमध्ये भ्वाइलेन्ट क्राइम भिक्तिमहरुलाई जसले संगीन शारीरिक र मानसिक दुव्र्यवहार भोगेको छ र उनीहरु ल एनफोर्समेन्ट वा अन्य सरकारी निकायहरुलाई त्यस अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पु¥याएको वा पु¥याउनमा तत्पर छ भने युएससीआईएसले ‘यू’ भिसा प्रदान गर्नेछ । ‘यू’ भिसा ४ वर्षका लागि हुनेछ र त्यसपश्चात् ग्रीनकार्डका लागि निवेदन गर्न सक्षम हुनेछन् । तपाईंको केसको हकमा तपाईंले आफू सो क्राइमको भिक्तिम भएको र गम्भीर फिजिकल एण्ड मेन्टल इन्जुरी भएको प्रमाणित गर्नुका साथै ल एन्फोर्समेन्ट एजेन्सीबाट तपाईंले सो अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पु¥याएको वा सहयोग पु¥याउन सक्ने स्थिति भएको भनी सर्टिफिकेसन प्राप्त गर्नुपर्नेछ । तपाईं क्राइम भिक्तिम भए पनि र सब्सट्यान्सियल इन्जुरी भोग्नुपरेको भए पनि यदि ल एन्फोर्समेन्ट वा सरकारी अधिकृतबाट सो ‘यू’ भिसा सर्टिफिकेसन सिफारिश लिन सक्नुभएन भने ‘यू’ भिसाको निवेदन एप्रुभ हुन सक्ने छैन ।

‘यू’ भिसाको मुख्य उद्देश्य क्राइम भिक्तिमहरुलाई मद्दत गर्नुका साथै ल एन्फोर्समेन्ट एजेन्सीहरुलाई अपराधको अनुसन्धान र कारबाहीमा मद्दत पु¥याउनु भएकाले तपाईं लिगल वा इलिगल जे–जस्तो स्टाटस भए पनि त्यसको ‘यू’ भिसा एप्लिकेसनमा कुनै असर पर्ने छैन ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग