कोलिनले एक्लै अन्टार्टिका छिचोल्दै रचे ईतिहास

कोलिनले एक्लै अन्टार्टिका छिचोल्दै रचे ईतिहास
 
अमेरिका । 
पृथ्वीको दक्षिण गोलार्धमा रहेको हिउ क्षेत्र अन्टार्टिकालाई एक्लै पार गर्ने पहिलो मानबका रुपमा अमेरिकि नागरिक कोलिन वो ब्राडीले ईतिहास रचेका छन्  ।  वासिङ्टन राज्यको ओलम्पियामा जन्मिएका ब्राडी पोर्ट्ल्याडको ओरेगनमा बसोबास  गर्दै आएका छन् । 
ब्राडीले अत्यन्त चिसो र उच्च गतीको हावाको बहावको चुनौती सामना गर्दै अन्टार्टिका छिचोल्न्ने ईतिहास रच्नको लागि २ महिना लगाएका थिए ।  उनले गत २६ तारिक बुधवार आफ्नो १ लाख ९ हजार फलोअर्स भएको इन्स्ट्राग्राममा रोज आइस सेल्फ छेऊ मा ठड्याइेको काठलाई पृष्ठभुमीमा देखाउदै  तस्बिर सहित ँआई डिड ईट”  भनेर यात्रा सफल भएको जानकारी दिएका थिए ।  
एक करोड ४० लाख बर्ग किलोमिटरको अन्टार्टिका  महादेशको करिब ९८ प्रतिशत भुभाग हिउले ढाकिएको छ । (एजेन्सीको सहयोगमा)
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार