मे ४ र ५ मा नेजाको साधारण सभा

मे ४ र ५ मा नेजाको साधारण सभा
न्यूयोर्क । 
नेपाल अमेरिका पत्रकार संघ(नेजा)को साधारणसभा टेक्ससको डलासमा मे महिनाको ४ र ५ मा हुने भएको छ । अध्यक्ष सुदीप पन्तको अध्यक्षतामा नेपाल अमेरिका पत्रकार संघ (नेजा) कार्यसमितिको चौथो वैठकले मिति तय गर्दै साधारणसभा सम्पन्न गर्न उपाध्यक्ष विकास राज न्यौपानेको संयोजकत्वमा गठन गरिएको मुल व्यवस्थापन समितिलाई विस्तार गर्दै सहसंयोजकको जिम्मेवारी सचिव सुरज भण्डारीलाई दिने निर्णय समेत गरेको छ । साथैं समितिको सदस्यमा क्षेत्रीय संयोजक रामचन्द्र भट्ट र कार्यसमिति सदस्य शेर केसी रहने अन्य सदस्यहरु यही समितिले थप्न सक्ने निर्णय समेत गरेको वैठकपछि नेजाका महासचिव किरण मरहठ्ठाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । 
यस्तैं  नेजा कार्यसमितिको वैठकले नेजाको कानुनी सल्लाहकारमा लेखक तथा लामो समयदेखि अमेरिकामा कानुनी क्षेत्रमा सक्रिय एटोर्नी बासु फुलारालाई कानुनी सल्लाहकारमा मनोनयन गरेको छ । यसैगरी, बैठकले नेजा सदस्य अभिवृद्दिका लागि सचिव सुरज भण्डारीको संयोजकत्वमा क्षेत्रीय संयोजकहरु कल्पना घिमिरे, लिला ओझा, गोकुल ढकाल, रामचन्द्र भट्ट, याम घिमिरे सदस्य रहेको सम्पर्क विस्तार उपसमिति गठन गरेको छ भने सचिव भण्डारीकैं संयोजकत्वमा क्षेत्रीय संयोजकहरु र कार्यसमिति सदस्य अग्नी चौलागाई र सदस्य सुजन पण्डित सदस्य रहेको पत्रकार फोन डाइरेक्टरी प्रकाशन समिति गठन गरेको छ ।
यसैगरी,नेजा इ बुलेटिन प्रकाशन गर्ने निर्णय गर्दै त्यसका लागि कोषाध्यक्ष मच्छेदेवी गुरुङको संयोजकत्वमा क्षेत्रीय संयोजकहरु र कार्यसमिति सदस्य निदेश अधिकारी,शेर के.सी. र प्रतिमा बास्कोटा सदस्य रहेको बुलेटिन सम्पादन तथा प्रकाशन समिति बनाउने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार