बेलायत विश्वभर सैनिक शिविर खडा गर्ने अभियानमा

बेलायत विश्वभर सैनिक शिविर खडा  गर्ने अभियानमा
 
बेलायत । 
बेलायतले ब्रेजिक्ट पछी अब क्यारेबियन र सुदुर पूर्वमा नया सैनिक आधार खडा गर्ने जनाएको छ । विश्व शक्ति केन्द्रमा आफूलाई दरिलो रुपमा प्रस्तुत  गर्दै बेलायत वास्तविक विश्व खेलाडी बन्ने गरी अगाडि बढिरहेको बेलायतको सरकारका रक्षा सचिब गभिन विलिमसनले बताएका छन् ।  बेलायती रक्षा सचिब विलिमसनले नया सैनिक आधार कुन ठाउमा खडा हुदै छ भन्ने प्रस्ट नबताए पनि चर्चित बेलायति संचार माध्यम टेलिग्राफसगको कुराकानीमा  दक्षिण चाईना सागरको ब्रुनाइ अथवा सिङगापुर र क्यारेबियन तर्फ मोन्ट्सेरट अथवा गाएनामा सैनिक आधार सिबिर खडा हुने संकेत गरेका छन् । 
ब्रेजिक्ट बेलायती ईतिहासमा दोश्रो विश्व युद्ध पछिको ठूलो परिवर्तन भएको स्मरण गर्दै विलिमसनले भनेका छन्– संबेदनशील योजना बनाएर र सबै कुरा सामान्य ढंगले चल्न्ने गरी अगाडि बढ्ने  छौ ” ।
उनले सुरुमा ३५०० सैनिकहरुलाई आधार  सिबिरमा राखिने पनि बताएका छन् ।  सन् २०१८ लाई बिदाई गर्दै गर्दा रक्षा सचिब विलिमसनले भनेका छन् ” अब ब्रिटिशहरु युरोपियन युनियन बाट अलग भए पछी भबिश्य प्रती झनै आशाबादी हुनु पर्ने दिन आएको छ ।  " 
साइप्रस फल्क ल्यान्ड आईल्यान्ड गिब्रल्टर र इन्डियन ओसनमा यस अगाडि नै सैनिक आधार खडा गर्दै आएको बेलायतले क्यारेबियन  र सुदुर पूर्वमा सैनिक आधार खडा गर्नुलाई एक पटक पुन विश्व बिजेता बन्ने अभियान भन्दै देशका सैनिक हरुले पनि त्यही अनुसार काम गर्ने बताएको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग