न्यूयोर्कका कामदारलाई खुशीको खबर, बढ्ने भयो तलब

न्यूयोर्कका कामदारलाई खुशीको खबर, बढ्ने भयो तलब
 
न्यूयोर्क । 
न्यूयोर्कका कामदारहरुका लागि यो नया बर्षले खुशी लिएर आउने भएको छ ।  जनबरी १ तारिक मंगलबारदेखी न्युयोर्क  सिटीको आधिकारिक ज्याला १३ डलर प्रती घण्टाबाट बढेर १५ डलर प्रती घण्टा पुग्न्ने भएको छ ।  न्यूयोर्क शहरमा संचालित ११ वा ११ जना भन्दा माथिको संख्यामा कामदार कार्यरत प्रत्येक  ब्यवसायले कामदार ज्याला वापत प्रती घण्टा १५ डलर भुक्तान दिनु पर्ने छ ।  तर १० जना वा त्यो भन्दा कम कामदार कार्यरत ब्यबसायले भने प्रती कामदार  १३ डलर ५० सेन्ट प्रती घण्टा भुक्तानी दिनु पर्ने छ ।  
न्युयोर्क शहर भित्रका नासु, सफोक र वेष्ट चेस्टर काउन्टी भित्र भने ज्यालादर १२ डलर प्रती घण्टा हुने छ ।  
 
न्युयोर्क   राज्यमा कामदार ज्याला  लगातार वृद्दि भए पनि खोला पारीको न्युजर्सीमा भने यो बर्ष प्रती घण्टामा २५ सेन्ट वृद्दि भएर आगामी बर्ष देखी ८ डलर ८५ सेन्ट  लागु हुनेछ ।  न्युयोर्कको नजिकको अर्को राज्य कनेकटिकमा कामदार ज्याला प्रती घण्टा १० डलर १० सेन्ट कायम छ ।  न्युयोर्क शहरमा लगतार ज्यालामा ब्रिद्धी भएर  कामदारका अनुहार उज्यालो भएपनि ज्यालामा भएको लगातारको वृद्दिका  कारण  थुप्रै ब्यबसाय बिस्थापित हुने सम्भाबना बढेको बताइएको छ ।   यसै बिषयमा इम्प्लोइमेन्ट पोलिसी इन्स्टिच्युटका रिसर्च डाइरेक्टर माईकल साल्ट्सम्यानले मिडियाहरुलाई भने –न्युयोर्कको लगातारको ज्याला ब्रिद्धीले बिग याप्पलका थुप्रै ब्यबसाय न्युजर्सी  र कनेक्टिकटमा सर्ने सम्भाबना बढेको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग