च्याम्बरको साधारणसभा सम्पन्न, आगामी वर्षका कार्यक्रम तय

च्याम्बरको साधारणसभा सम्पन्न, आगामी वर्षका कार्यक्रम तय
विश्व न्यूज संवाददाता
टेक्सस । 
टेक्ससको डलासमा सक्रिय नेपाली व्यवसायीहरुको संस्था नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शको चौथो साधारणसभा गत आइतवार सम्पन्न भएको छ । 
साधारणसभाले आउदो वर्ष  २०१९ का लागी विभिन्न कार्ययोजना तय गरेको छ । 
च्याम्बरले आगामी मार्च महिनामा महिला उद्यमी तथा नेतृत्व सम्मेलन, आगामी सेप्टेम्बरमा नेपाली प्रविधि सम्मेलन , अधिकांश नेपाली व्यवसायीहरू संलग्न रहेका क्षेत्रसग सम्बन्धित विषयमा वर्ष भरिमा कम्तीमा ५ ओटा निश्चित विषयका सेमिनार  र   नेपालीहरूले सुरुवात गरेका नया ब्याबसायहरुलाई प्रोत्साहन गर्ने खालका बिजनेश सावोर कार्यक्रम गर्ने निर्णय साधारण सभाले गरेको जनाएको छ । 
 
साधारण सभा कै अवसर पारेर आफ्ना सदस्यहरूलाई विभिन्न क्षेत्रमा सहुलियत प्रदान गर्न च्याम्बर डिस्काउन्ट कार्ड सो सुरुवात समेत च्याम्बरले गरेको छ  । 
यसै गरी संचालन भैरहेको कार्यक्रम ’चेम्बर मिक्स’ लाई मासिकरुपमा सञ्चालन गर्ने, मासिक च्याम्बर बुलेटिन प्रकाशित गर्ने र विभिन्न विषयमा च्याम्बरले आयोजना गर्दै आइरहेका विविध सेमिनारहरूलाई निरन्तरता दिने निर्णय समेत साधारण सभाबाट गरिएको महासचिव बाल जोशीले जानकारी दिए  । 
उनका अनुसार नेपलिज अमेरिकन  च्याम्बर अफ कमर्सले २०१८ मा ९ पटक च्याम्बर मिक्स र ८ पटक विविध सेमिनारहरूको आयोजना गरेको थियो भने   च्याम्बरद्वारा हरेक वर्ष आयोजना हुने वार्षिक डिनर कार्यक्रम समेत सम्पन्न भएको थियो ।  
साधारण सभाका अवसरमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष  वासुदेव भण्डारीले ४ वर्ष अघि जन्मिएको यो संस्थाले छोटो समयमा उल्लेख्य काम गरेको स्मरण गर्दै अझ धेरै काम गर्न बाकी रहेकोमा जोड दिए ।  यसै गरी संस्थाका अध्यक्ष मनोज सिग्देलले च्याम्बरको यात्रामा डालस क्षेत्रका हरेक व्यवसायीहरूको सहयोग र साथको आवश्यकता रहेको बताए । 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग