अमेरिकामा सिंहको आक्रमणवाट एकको मृत्यु

अमेरिकामा सिंहको आक्रमणवाट एकको मृत्यु
 
नर्थ क्यारोलिना । 
नर्थ क्यारोलिना स्थित एक पशु केन्द्रबाट भागेको सिंहले २२ बर्सिया एक महिलाको हत्या गरेको छ ।  नर्थ क्यारोलिना स्थित क्यासल काउन्टीको बर्लिङटनमा संचालित नर्थ क्यारोलिना कन्जर्भेटर्स सेन्टरमा कार्यरत अलेक्जेन्ड्रा ब्ल्याकलाई सोही केन्द्रमा पालेर राखिएको सिंहले आक्रमण गरी गत ३० तारिक आईतबार हत्या गरेको हो ।  ईन्डियाना युनिभर्सिटीबाट भर्खरै मात्र ग्राजुएट अलेक्जेन्ड्रा ब्ल्याक इन्टर्न्िसपको लागि केन्द्रमा काम गर्न थालएको १० दिन मात्र भएको समाचार एजेन्सीहरुले जनाएका छन् । 
जनावर राखिएको केन्द्रमा  मृतक ब्ल्याक अन्य सहयोगीसहीत  सफाईको काम गर्दै थिईन ।  त्यतिकैमा म्याथी नाम गरेको  सिंह बन्द गरिएको ठाउबाट फुत्किएर काम गर्दै गरेको समुहमा पुग्यो र ब्ल्याक माथि आक्रमणगरी हत्या गरेको प्रहरीको भनाई उद्दृत गर्दै  अमेरिका स्थित बिभिन्न समाचार माध्यमहरुले जनाएका छन् । आक्रमण भएको केही समयमा नै म्याथीलाई गोली हानी मारिएको थियो ।  केन्द्रकी कार्यकारी निर्देशक मिन्डि स्टिनरले बताए अनुसार  मृतक ब्ल्याक प्राणी शास्त्रमा सौखिन थिईन् ।  उनी जीवनभर तिनै जनावरहरुको वरिपरी बिताउन चाहन्थिन् ।   
घटनास्थल रेलिग देखी ५० माईल्स उत्तर पश्चिममा रहेको छ । केन्द्रमा २१  प्रकारका ८० वटा जनावर पालिएको छ ।  जस्मा १५ वटा त सिंह नै छन्  ।  उचित स्याहार नपुगेका बिभिन्न ठाउँबाट उद्दार गरेर ल्याएको जनावरहरुलाई उक्त केन्द्रमा पालिएको छ ।  घटना पछी केन्द्रले अपुरणनिय मानवीय क्षती भएको हुँदा अर्को सुचना जारी नभए सम्मको लागि केन्द्र बन्द रहने छ । (एजेन्सीको सहयोगमा)
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार