अमेरिकामा मनाइयो यलम्बर साझ र उधौली

अमेरिकामा मनाइयो यलम्बर साझ र उधौली
सुरेश चाम्लिङ्ग 
न्यू ह्याम्सपायर । 
 
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा हालै न्यु हेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझ र उधौली चाड भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाली र अमेरिकाको रास्ट्रीय गीतसंग सुरु भएको कार्यक्रम दुइ चरणमा भएको थियो । किरात राइ हरुको उधौली चाड र यलेदोङ्ग  वर्ष (५०७८ को उपलक्षमा  बिभिन्न व्यक्तित्व हरुले शुभ कामना दिएका थिए भने दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक  कार्यक्रमले दर्शक हरुलाई भरपुर मनोरंजन दिलाएको थियो । 
 युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको केन्द्रिय सभापति प्रमुख अतिथि बिष्णु राईले कार्यक्रमको उद्घाटन गर्दै यो उधौली र यलम्बर साझ अमेरिकामा पहिलो पटक गरिएको थियो ।  सस्थाले आगामी वर्षहरुमा यसलाई निरन्तरता दिने र आगामी हुने यलम्बर उधौली साँझ (२ हुने कुरा बताउनु भएको थियोर न्यू ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले उपस्थित  सबैलाई यलम्बर सँझ र उधौली (छिरीनाम) येलेदोङ्ग ५०७८ को उपलक्षमा आयोजकको तर्फबाट धन्यवाद दिएका थिए ।  उले यस कार्यक्रम उपस्थित भएर तथा शुभकामना शन्देश पठाएर  न्यानो माया, सद्भभाव र आत्मीयताको लागि न्युहेम्प्शयार राज्यको बिभिन्न पदमा आसिन  व्यक्तित्वहरु तथा अन्य नेपाली संघ सस्था र आफ्नो सस्थाको शुभेच्छुकहरु प्रती कृतज्ञता ब्यक्त गरेका थिए ।  उक्त सभामा बिशेष अतिथि स्थानीय  न्युहेम्प्शायर राज्यमा लगातार २० वर्ष देखि  सिनेटर रही आएका र सिनेटर  डिअलेसेन्द्रोले शुभ कामना दिएका थिए । 
 
कार्यक्रममा गुरूङ्ग समाज न्यू ह्याम्पसायर, न्यू ह्याम्पसायर नेपाली कम्युनिटी, एन.आर.एन.ए. न्यू ह्याम्पसायर तथा म्यासेचुसेट् च्याप्टरहरू,अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू ह्याम्पसायर, तमु समाज अफ बोस्टन, बुद्ध समाज न्यू ह्याम्पसायर, मगर समाज बोस्टन, जि.बी.एन.सी बोस्टन, पशुपति बुद्ध फाउण्डेसन, एभरेष्ट लायन्स् क्लव न्यू ह्याम्पसायर, बोस्टन तमु समाज, थकाली समाज बोस्टन, जात्रा नेपाल बोस्टन, जन सम्पर्क समिती न्यू ह्यम्पसायर, लायन्स् क्लव म्यासेचुसेट्, एन.डब्लु.जि.एन.न्यू ईङ्गलैण्ड लगायतका संस्थाहरूका अध्यक्ष र सभापति र अन्य व्यक्तित्व हरुले प्रतिनिधित्व गर्नु भएको थियोरउक्त कार्यक्रममा कनेक्टिकट ,मेरील्याण्ड, न्यूयोर्क समेतबाट बिभिन्न महानुभाव  र कलाकारहरु आउनु भएको थियोर,उक्त पहिलो सभाको कार्यक्रम संचालन सस्थाका सचिव शेखर राई र प्रबिना राईले गरेका थिए  भने दोश्रो चरणको  कार्यक्रमको संयोजन तथा संचालन संस्थाका सल्लाहकार  धौलवीर राईले गरेका थिए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग