अमेरिकी सरकार विरुद्व युनियनद्धारा मुद्दा दायर

अमेरिकी सरकार विरुद्व युनियनद्धारा मुद्दा दायर
न्यूयोर्क । 
अमेरिका स्थित केन्द्रीय सरकारका लागि काम गर्दै आएका कर्मचारीहरुलाई प्रतिनिधित्व गर्दै आएको एक कर्मचारी युनियनले अमेरिकी सरकार बिरुद्ध मुद्धा  दायर गरेको  छ । बिगत १० दिन देखी चलिरहेको सरकारी बन्दको कारण कर्मचारीलाई काम गरेको तलब नदिएको  भन्दै युनियनले ती कर्मचारीहरुको प्रतिनिधित्व गर्र्दै गत सोमबार  मुद्दा  दायर गरेको हो । 
ह्वाइट हाउस र अमेरिकी कांग्रेस बीचको दुरी बढेका कारण बजेट पारित हुन नसक्दा कर्मचारीहरुको तलव निकासी हुन सकेको छैन । 
राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सगको सिमा क्ष्ँत्रमा पर्खाल लगाउन भन्दैं त्यसका लागि अमेरिकी राज्य कोषवाट रकम माग गरेका कारण आफ्नो पकड रहेको अमेरिकी कंग्रेसवाट डेमोक्र्याक्टहरुले उक्त वजेट पास गर्न दिएका छैनन् । डेमोक्रेटका हाउस अफ रिप्रिजेन्टिभ मात्र होइन कतिय रिपब्लिकनका रिप्रिजेन्टिटिभहरुले समेत ट्रम्पको यो मागको आलोचना गर्दै आएका छन् ।  तर राष्ट्रपति ट्रम्पले शटडाउन थेग्न सरकार सक्षम रहेको तर पर्खालका लागि वजेट पास गराएर छाड्ने अड्डी लिदा लम्बिएको शटडाउनका कारण   हजारौं कर्मचारीले तलब प्राप्त गर्न सकेका छैनन् । 
कंग्रेस र व्हाईट हाऊस बिच चलिरहेको टकराबका कारण कर्मचारी तलबबाट बन्चित भएको भन्दै अमेरिकन फेडरेसन अफ गभर्मेन्ट इम्प्लोई नामक  युनियनले सरकारका बिरुद्ध  युनियनले यु एस   फेडरल कोर्टमा मुद्दा  दायर गरेको हो ।   सरकारले बन्दका कारण हजारौ कर्मचारीलाई बिना तलब काम लगाएको युनियनले दाबी गरेको छ ।  युनियनको दाबी छ सरकारले फेयर लेबर स्ट्यान्डर्ड एयाक्टको उलङघन गरेको छ ।
  समाचार एजेन्सी हरुका अनुसार सरकारी बन्दका कारण अहिले अमेरिकामा ३ लाख कर्मचारी  ८० हजार कर्मचारीलाई छोटो अवधिका लागि विदा दिइएको छ  भने ४ लाख २० हजार कर्मचारी तलब नपाईकन काम गरिरहेका छन् ।  बन्दका कारण अहिले जेल सिमा सुरक्षा, अध्यागमन, ल ईन्फोर्समेन्टका कर्मचारी समेत   बिना  तलब काम गरिरहेका छन्  । राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय निवार्चनको समयमा नैं मेक्सिकोको सिमामा पर्खाल लगाउने बताउदैं आएका थिए । मेक्सिकोकैं रकमवाट पर्खाल लगाउने बताएपनि मेक्सिको सरकारले नमानेपछि अमेरिकी राज्य कोषवाटैं पर्खाल बनाउन उनले वजेट माग गरेका हुन् । 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग