पर्यटनमन्त्रीलाई हटाउने तयारीमा प्रधानमन्त्री, आइतबार बर्खास्त गर्न सक्ने सम्भावना

पर्यटनमन्त्रीलाई हटाउने तयारीमा प्रधानमन्त्री, आइतबार बर्खास्त गर्न सक्ने सम्भावना

पुस २१, २०७५

वाईडबडी विमान खरिद प्रकरणले सत्तारुढ दल नेकपाभित्र ठूलो भुईँचालो ल्याएको छ । आफ्नै पार्टीका विभागीय मन्त्री रवीन्द्र अधिकारीपनि घोटालामा मुछिएपछि उनलाई हटाउन पार्टीका शीर्ष नेताहरुको दबाब छ ।

वाईडबडी विमान घोटाला छानबिन गर्न गठित संसदीय उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन सार्वजनिक गरेपछि ठूलै हलचल भएको हो ।

समितिले यसमा विभागीय मन्त्री अधिकारीसहित, पूर्व मन्त्रीद्धय जीवन बहादुर शाही र जीतेन्द्र नारायण देवलाई पनि दोषी देखाएको छ । बहालवाला मन्त्री अधिकारी नै भ्रष्टाचारमा मुछिएको भन्दै पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले त ओलीलाई भेटेरै तत्काल मन्त्री अधिकारीलाई हटाउन दबाब दिएका थिए । मन्त्री अधिकारीलाई नहटाईए पार्टी र सरकार दुवै बदनाम हुने कारण देखाउँदै पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर दबाब दिएका थिए ।

हिजो यस विषयमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि छलफल गरेका थिए । अध्यक्षद्धयबीच मन्त्री अधिकारीलाई हटाउन वा नहटाउने भन्ने विषयमा गम्भिर कुराकानी भएको पार्टी निकट उच्च स्रोतले जनायो । पार्टीभित्रैबाट दबाब आएकोले अन्ततः ओलीले भोलि मन्त्री अधिकारीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

-reportersnepal

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार