राष्ट्रपति ट्रम्प अडानमा यथावत, पर्खाल बनाउन मागे जनताको साथ

राष्ट्रपति ट्रम्प अडानमा यथावत, पर्खाल बनाउन मागे जनताको साथ
विश्व न्यूज संवाददाता
अमेरिका । 
राष्ट्रपति डोनाल्ट ट्रम्पले अवैधानिक आप्रवासनले गर्दा अमेरिकामा मानवीय संकट र  सुरक्षा संवेदनशिलता बढेको भन्दैं त्यसका लागि अमेरिकाको दक्षिणी सिमामा पर्खाल लगाउनु आवश्यक रहेको पुनः दोहोयाएका छन् । 
सिमामा पर्खाल लगाउनका लागि वजेट विनियोजित गर्न माग गर्दै आएका राष्ट्रपति ट्रम्पले मंगलावर देशवासीको नाममा सम्वोधन गर्दै आफ्नो पुर्व निर्णयमा पुर्नविचार नगर्ने संकेत दिएका हुन् । 
अमेरिकामा प्रत्येक साता ३ सय नागरिकको लागुपदार्थको सेवनले मृत्यु हुने गरेको बताउ“दैं राष्ट्रपति ट्रम्पले त्यसको ९० प्रतिशत लागुपदार्थ खुला सिमाका कारण  अमेरिकामा भित्रने गरेको जनाएका छन् । 
मानव तस्करी रोक्न र अपराधिक क्रियाकलापमा कमीगर्न पनि पर्खाल लगाउनु अनिवार्य रहेको दोहो¥याउदैं उनले त्यसका लागि सहयोग गर्न पनि जनतासमक्ष अनुरोध गरेका छन् । 
राष्ट्रपति ट्रम्पले पर्खाल लगाउने कुरा सबैं हिसावले सही रहेको दावी प्रस्तुत गर्ने क्रममा खुला सिमाका कारण अमेरिका छिर्न अवैधानिक उपाय अपनाउने काम भैरहेको र जसका कारण सिमाक्षेत्रमा महिला तथा बालबालिकाहरुमाथि अत्याचार हुने गरेको जनाएका छन् । 
उनले खुला सिमाको फाइदा उठाएर अवैधानिक रुपवाट अमेरिका आउनेहरुवाट वर्षेनी २० हजारको दरले अमेरिकामा सन्तान जन्माउने काम भैरहेको  तथ्यांक समेत प्रस्तुत गरेका छन् । 
सिमामा पर्खाल लगाउन राष्ट्रपति वजेट माग गरेका कारण अमेरिकी सरकारले पेश गरेको खर्च विधेयक अमेरिकी कंग्रेसवाट पाश हुनसकेको छैन । कांग्रेसमा डेमोक्र्याटको वहुमत रहेको छ । यता, डेमोक्रेटका अमेरिक सिनेटका नेता चुक सुमर र अमेरिकी कांग्रेसका सभामुख न्यान्सी पेलोसीले सिमामा पर्खाल लगाउने कुरा अमानवीय र अप्रजातान्त्रिक रहेको भन्दैं त्यस विषयमा अड्डी नलिन राष्ट्रपतिलाई सुझाव दिएका छन् । साथैं उनीहरुले तीन सातादेखि ठप्प भएको शटडाउन तत्काल खोल्न समेत माग गरेका छन् । 
तर राष्ट्रपति ट्रम्प आफ्नो माग जायज रहेकोमा अडिग रह“दैं शटडाउन अमेरिकी इतिहास पहिलो पटक नभएको भन्दैं अझ केही दिनसम्म आकस्मिक शटडाउनको सामनागर्न सरकार तयार रहेको जवाफ दिएका छन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग