जापानको पासपोर्ट १ नम्बरमा नेपालको कतिमा ?

जापानको पासपोर्ट १ नम्बरमा नेपालको कतिमा ?
अमेरिका । 
  जापानीज नागरिकहरुले प्रयोग गर्ने पासपोर्ट सन २०१९ को लागि  विश्वको  सबै भन्दा शक्ती साली पासपोर्ट  भएको छ ।  जापानिज पासपोर्ट बाहकले विश्वका १९० देशहरुको भ्रमण बिना भिसा  वा सम्बन्धित देशको एयरपोर्टमा पुगे पछी तत्काल प्राप्त गर्ने छन् । 
इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ( आईटा ) का अनुसार शक्तीसाली पासपोर्ट वाला देशहरुको दोश्रो स्थानमा दुई वटा एसियन देशहरु सिङापुर  र साउथ  कोरिया परेका छन् ।  विश्वका १८९ वटा देशहरुको भ्रमणको लागि सिङगापुर र साउथ कोरियन जनताले भ्रमण पूर्व भिसा लिनु पर्ने छैन । पासपोर्ट  इन्डेक्सको लागि काम गर्दै आएको हेनेली  पासपोर्ट  इन्डेक्सका अनुसार साउथ कोरिया शक्ती साली पासपोर्ट सुचीको यो स्थानमा पहिलो पटक पुगेको हो । 
जर्मनी र फ्रान्सले भने १८८ वटा देशहरुको भ्रमण पूर्व भिसा लिनु पर्ने छैन ।  यी दुई देश  पासपोर्ट  इन्डेक्सको तेस्रो स्थानमा परेका छन् ।  संन्  २०१५ मा शक्तीशाली पासपोर्ट वाला देशका रुपमा उभिएका बेलायत र संयुक्त  राज्य अमेरिका क्रमस तल झर्दै ६ स्थानमा पुगेका छन् ।  संन् २०१९ को पासपोर्ट श्रेणीको सबै भन्दा तल इराक र अफगानिस्तान परेका छन् जुन देशका नागरिकहरुले ३० देशको भ्रमणको लागि मात्र भ्रमणपुर्ब भिसा लिनु पर्ने छैन ।  चिन ६९ औ देशमा परेको छ ।  ७४ वटा देशहरुमा भ्रमण गर्न पूर्व भिसा लिनु पर्ने छैन ।  त्यसैगरी पासपोर्ट इन्डेक्सको ९८ औ स्थानमा नेपाल परेको छ ।  नेपाली नागरिकहरुले ४० देशको भ्रमण गर्नका लागि पूर्व भिसा लिनु पर्ने छैन ।
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग