ह्यारीले लिए शपथ

ह्यारीले लिए शपथ
अमेरिका । 
मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले बुधवार सो पदको लागि शपथ खाएका छन् । 
राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले हातमा हिन्दु ग्रन्थ  बेद लिएर  शपथ खाएका हुन् । 
उनी गत नोमेम्वरमा भएको निर्वाचनमा आफ्नो निर्वाचन क्ष्ँेत्रवाट २२ हजार ४ सय ७ मत ल्याई विजयी भएका थिए । शपथ ग्रहणपछि भण्डारीले हेल्थ तथा गर्भमेन्ट रिलेशन कमिटीमा समेत आफू रहेकाले त्यस समितिमार्फत मेरिल्याण्ड राज्यका लागि आवश्यक कानुन निर्माणमा भूमिका खेल्ने बताए । 
उनले आफ्नो यहासम्मको यात्राले अवको नेपाली पुस्तामा उर्जा मिल्ने विश्वास आफूले लिएका जनाए । 
यस्तैं, भर्जिनिया राज्यको हर्नडन सिटी काउन्सील सदस्यमा निर्वाचित प्रदीप ढकालले पनि शपथ लिएका छन् ।  
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार