गोविन्द केसीको १६ औँ अनशन किन बन्यो विवादित ?

गोविन्द केसीको १६ औँ पटकको अनशन विवादित

गोविन्द केसीको १६ औँ अनशन किन बन्यो विवादित ?
 
काठमाडौँ । १५ औँ पटक चिकित्सा शिक्षा सुधारको माग गदै अनशन बसेका चिकित्सक गोविन्द केसीको १६ औँ पटकको अनशन भने विवादित बनेको छ । शनशनको सुरुमै धेरैबाट प्रसंशा प्राप्त गर्ने केसी यो पटक भने सुरुमै विवादमा तानिएका छन् । १५ औं अनशनका क्रममा ०७५ साउन १० गते नेपाल सरकारसँग भएका सम्झौता अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गर्नुपर्ने, गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गर्नुपर्ने, त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थानमै फिर्ता गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनु पर्ने लगायतका माग राख्दै अनशन सुरु गरेका केसी उनको आफ्नै तुच्च अभिव्यक्तिका कारण बढी विवादमा तानिएका हुन् । उनले अनशन सुरु गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर घृणित खालको टिप्पणी मात्र गरेनन् केसीले पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्ड, नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराई, खगराज अधिकारी लगायतको नामै  तोकेरै निकै तल्लोस्तरको गाली गरेपछि उनी थप विवादमा तानिए । 
सुरुसुरुमा चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा सस्दै आएका केसीले यो पटक राजनीतिक र सामाजिक मुद्धामा पनि हात हालेका छन् । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनु पर्ने, द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तरराष्ट्रिय कानुनअनुसार दण्डित गर्नुपर्ने जस्ता राजनीतिक मुद्धालाई समेत आफ्नो माग बनाएपछि उनी अरु कसैको एजेण्डामा परिचालित त भएका छैनन् भन्ने प्रश्न गर्न पनि उब्जिएको छ ।  अझ उनले नेपाली काँग्रेसका नेता गगन थापाको खुलेरै विरोध गर्नु र नकेपाका नेताहरुलाई चर्कोे आलोचना गर्नुले पनि उनी काँग्रेसबाटै परिचालित त भएका छैनन् भन्ने प्रश्न पनि चोटिलो बनेको छ । अहिले पनि केसीको मागको समर्थन गर्नेहरुको कमी छैन् । तर, पछिल्लो समय उनले सबै कुराको ठोक्का आफूले नै लिएको जसरी प्रस्तुत हुन थालेपछि उनी आफैँ कमजोर–कमजोर बन्दै गएका छन् ।   
 
अझ गज्जव त के छ भने केसीले आफ्नो १६ औँ अनशन इलामलाई रोजेका छन् । उनले रोजेको त्यो स्थान पनि विवादित नै बनेको छ । कम्युनिष्टको प्रभावलाई कमजोर पार्ने र आफ्नो पक्षमा ‘सेन्टिमेण्ट’ तान्ने नियतले त होइन ? भन्ने पनि प्रश्न उब्जिएको छ । मेची अञ्चल कम्युनिष्टको राम्रो प्रभाव भएको अञ्चल मात्रै होइन् । प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ र नेकपाका प्रभावशाली युवा नेता योगेश भट्टराई मतदाता रहेको अञ्चल पनि हो । केसीले त्यही अञ्चलको इलाम जिल्लालाई रोज्नु पनि कम्युनिष्टलाई कमजोर बनाउने उदेश्य हो भनेर कम्युनिष्टहरुले नै आरोप लगाएका छन् । केसीका धेरै माग जायज होलान् तर उनको तुच्छ बचन र काँग्रेसप्रतिको सद्भावले आन्दोलन नै कमजोर त बन्ने होइन भन्ने पनि प्रश्न उब्जिएको छ ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार