म्यानचेस्टर शहरको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मूलका गुरुङ

म्यानचेस्टर शहरको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मूलका गुरुङ
 
न्यूह्यामसर । अमेरिकी उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेष्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ मनोनित भएका छन् । सिटीकी मेयर जोईस क्रेगको प्रस्तावलाई नगर परिषद्ले पारित गरेपछि गुरुङले जनवरी २ तारिखमा नियुक्ति पाएका हुन् ।
नगर क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि गुरुङले युथ सर्भिस बोर्डलाई सल्लाह प्रदान गर्नेछन् । युवालाई सकारात्मक कामका लागि उत्प्रेरणा अभिवृद्धि, लागु औषध मुक्त समाज लगायतका युवा केन्द्रित बिभिन्न क्षेत्रमा बोर्डले काम गर्दै आएको छ । गुरुङको पदावधि जनवरी १, २०२२ सम्म रहनेछ । 
गुरुङले जनवरी २ मा म्यान्चेष्टर नगरको कार्यालय ९सिटी हल० मा नगरको प्रशासकीय अधिकृत ९सिटी क्लार्क० बाट पद तथा गोपनियताको सपथ लिए । इलाममा जन्मिएका गुरुङ पछिल्लो १० बर्ष देखि अमेरिकामा बस्दै आएका छन् भने न्यूह्यामसर डेमोक्रेटिक पार्टीको सदस्यको रुपमा उनी बिभिन्न सामाजिक काममा संलग्न रहँदै आएका छन् । गतबर्षको स्थानीय चुनावमा वडा सदस्यको रुपमा उमेद्धारसमेत बनेका गुरुङ न्यूह्यामसर नेपाली समाजका सचिव हुन् भने न्यूह्यामसर गुरुङ समाजका महासचिव हुन् ।
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार