यी युवाले ६ लाखमा नेपाली बालिकालाई भारतकाे वेश्यालयमा बेचे

यी युवाले ६ लाखमा नेपाली बालिकालाई भारतकाे वेश्यालयमा बेचे

माघ १, २०७५

राम्रो काम लगाईदिन्छु भनि बिभिन्न प्रलोभन देखाएर नेपाली बालिकालाई भारतको विभिन्न बेश्यालयमा पुर्‍याउन एक जना पक्राउ परेका छन्।

भारतको नयाँदिल्लीस्थित जिबिरोडको वेश्यालयमा पुर्‍याई जबरजस्ती बेश्याबृतीमा संलग्न गराउने धरानका सन्तोष राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

छोङहाङ राई भनेर चिनेने सन्तोसलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धरान-१७ धनकुटे रोडबाट पक्राउ गरेको हो।

उनलाई आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा बुझाएको छ।

राईले बिभिन्न बहानामा नेपाली बालिकाहरूलाई बोर्डर पास गरि भारतीय बेश्यालयमा पुर्‍याई नेपाली ६ लाख रुपैंया सम्ममा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार