काेमल वलीका कारण भाँडियाे नेकपा एकीकरण

काेमल वलीका कारण भाँडियाे नेकपा एकीकरण

माघ १, २०७५

पार्टी प्रदेश कमिटिमा कोमल वली लगायतका केही नेतालाई राखेको भन्दै नेपाल कम्पुनिष्ट पार्टीमा माधव नेपाल पक्षले विरोध जनाए पछि स्थायी कमिटिले बनाएको कार्यदलको काम अवरुद्ध भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षधर प्रदेश कमिटिहरु गठनको निर्णय संशाेधन गर्न तयार भएनन् । शुरुदेखि नै काम गर्न नसकेको कार्यदलभित्रै विवाद भएपछि पार्टी एकीकरणको बाँकी मोडालिटी पनि अलपत्र परेको छ । 

गत महिना सम्पन्न स्थायी कमिटी बैठकले तल्ला कमिटी र जनसंगठनहरुको एकीकरण, प्रदेश कमिटी गठनको विवाद, पोलिटव्यूरो गठन, बिधानमा देखिएका विवाद लगायतको विषयमा छलफल गरी प्रस्ताव पेश गर्न ९ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केन्द्रीय नेताहरु बिचको विवादका कारण काम गर्न नसकेको हो ।

नेपाल पक्षका नेताहरुले सातवटा प्रदेश कमिटी गठन गर्दा मापदण्ड र विधान विपरीत सदस्यहरु राखिएको भन्दै योग्यता नपुगेकाहरुलाई हटाउनुपर्ने अडानमा छन् । उनीहरुले अन्य पार्टी छोडेर नेकपामा भित्रिएकाहरुलाई मापदण्ड विपरित प्रदेश कमिटिमा राखेको भन्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले नेता कोमल ओलीको नाम नै लिएर उनलाई प्रदेश कमिटिमा राखिनुको कारण सोधेका थिए । तर, महासचिव विष्णु पौडेल र अर्का नेता शंकर पोखरेलले नेपाल पक्षको सो प्रस्ताव ठाडै अस्वीकार गरेपछि कार्यदल अवरुद्ध बन्न पुगेको हो । नेपाल पक्षधर नेताहरुले राप्रपाको व्यक्ति पार्टी सदस्य भएको ६ वर्ष नपुगी प्रदेश कमिटी सदस्य बन्न नपाउने जिकिर गरेका छन् ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग