हड्सन नदीमा जहाज अवतरणको एक दशक, १५३ यात्रुलाई जीवनदान दिने चमत्कारी क्याप्टेन सुली

हड्सन नदीमा जहाज अवतरणको एक दशक, १५३ यात्रुलाई जीवनदान दिने चमत्कारी क्याप्टेन सुली
न्यूयोर्क । 
सन् २००९ जनवरी १५ । न्यूयोर्क लगौर्डिया एयरपोर्टबाट नर्थ क्यारोलिनाका लागि उडेको केही मिनेटमै युएस एयरवेजको जहाज ए ३२० को इन्जिन फेल हुन पुग्छ । आकाशमा तैरिरहेको जहाज अब एकाएक ओरालो लाग्यो । क्याप्टेन चेल्सी ‘सुली’ सुलेनवर्गरले को–पाइलट जेफ स्किलसको सहयोगमा जहाजलाई नियन्त्रण लिन कोशीश गर्छन् । तर, उपाय नलागेपछि सुली जहाजलाई इमरजेन्सी ल्याण्डिङ गराउने निर्णयमा पुग्छन् । 
सबैभन्दा पहिला उनले जहाज लगौर्डिया फिर्ता ल्याउने बताउँछन् । तर, समयले भ्याउने देखिएन । म्यानहाटनको आकाशमा रहेको जहाजलाई पारिपटी नेवार्क लैजाने बारे पनि टावरसँग सल्लाह भयो । तर, निरन्तर कन्डिसन खस्कि रहेको विमान त्यहाँ पुग्न नसक्ने पाइलटले सुनाउँछन् । एकाएक पाइलट सुली निर्णय लिन्छन्– म यो जहाज अब हड्सन नदीमा अवतरण गराउँछु । 
अपरान्ह ३ः२४ मा लगौर्डिया एयरपोर्टको रनवे ४ बाट जहाजले टेक अफ लिएको एक मिनेट पुग्न नपाउँदै सुलीले टावरलाई आफु ७०० फिटको उचाइमा रहेको र अब पाँच हजार मिटर तर्फ उक्लि रहेको बताएका थिए ।
युस एयरफोर्स फाइटर जेटका पुर्व पाइलट रहि सकेका सुलीलाई जीवनको सबैभन्दा ठूलो परिक्षा त्यही उडानले लियो । उनलाई टावरले १५ हजार फिट उचाइमा जान निर्देशन दिँदा उनी २९ सय देखि तीन हजार फिटको उचाइमा थिए । अचानक जहाजमा आएर चरो ठोक्कियो । 
‘ओहो यो विमान त चरो आएर ठोक्कियो, दुबै इन्जिन चल्न छोडे, म जहाजलाई पुनः लगौर्डिया नै फिर्ता ल्याउँदैछु’ २० हजार फ्लाइङ आवर भन्दा धेरै समय जहाज उडाइ सकेका सुलीले टावरलाई भने । 
करिब ३ः२८ मा फेरि टावरमा सुलीको आवाज आयो– ‘हामी लगौर्डिया आइ पुग्न नभ्याउने भयौँ सायद हामीले हड्सन यो यात्रा टुङ्ग्याउनु पर्छ ।’ त्यसको १७ सेकेण्ड पछि सुलीले हड्सन नदीमा जहाज ल्याण्ड गर्ने आफ्नो फाइनल निर्णय सुनाए । 
जहाजका १५३ यात्रु इश्वरको नाम लिँदै थिए भने सुलीको मनमा जहाजलाई सकुशल अवतरण गराउने बाहेक केही पनि थिएन । ‘त्यसबेला जहाजलाई पानीमा तैर्याउने बाहेक मेरो मनमा केही पनि खेलेको थिएन, उनले एबिसी न्यूजलाई उक्त ऐतिहासिक क्षणको १० औँ एनिभर्सरीको अवसर पारेर दिएको अन्तवार्तामा भनेका छन्, यतिसम्मकी मैले आफ्नो परिवारलाई समेत सम्झेको थिइँन ।’
इन्जिन अवरुद्ध भइ सकेको एवं इन्धन भरिएको गहकिलो विमान लामो समय पानीमा तैरि रहन सकेन । विस्तारै जहाज हड्सनको चिसो पानी भित्र डुब्न थाल्यो । सर्भिलेन्स क्यापरा मार्फत जहाज तुरुन्त पत्ता लाग्यो । जहाजको नाक केही माथि थियो भने पेट डुबेको अवस्थामा थियो । अवतरण पछि क्याप्टेन सुली ककपिटको ढोका बाट बाहिर आएर तुरुन्त जहाज खाली गर्न निर्देशन दिए । यात्रुहरु जहाजबाट निस्किेर पखेटामा उभिन पुगे । तुरुन्त गोताखोर सहितका पानी जहाज सबै १५३ यात्रुलाई सकुशल उद्दार गरियो । 
सुली अहिले ६७ बर्षका भए र निवृत्त जीवन विताइ रहेका छन् । त्यो चमत्कारी दिनको एक दशक पुगेको अवसरमा उक्त उडानमा रहेका यात्रुले आफुले साँच्चिकै दोस्रो जन्म पाएको भन्दै बिभिन्न सञ्चार माध्यमलाई मंगलबार अन्तर्वाता दिएका छन् । सुलीको चमत्कारी रेस्क्युबारे सन् २०१६ मा सुली नामको हलिउड चलचित्र पनि निर्माण भएको छ । 
 
एजेन्सीको सहयोगमा
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार