अमेरिका पसेपछि...

अमेरिका पसेपछि...
संसारभरिका मान्छेहरुको सपनाको देश अमेरिका हो । अमेरिकालाई सबैले स्वर्ग भन्छन् त्यो स्वर्ग कस्तो होला भनेर मैले पनि अमेरिका घुम्ने, हेर्ने निर्णय गरेर यही जनवरी ९ तारिअका दिन युरोपबाट अमेरिकातिर उडें । उड्नुअघि मेरो अनुभूति यस्तो थियो– यात्रा अमेरिकाको भइरहँदा सम्झना नेपालको आइरहेको थियो । गतसाल २०१८ फेब्रुअरी २८ का दिन अमेरिकाको भिसा लागेदेखि नै यो मन हजार पल्ट अमेरिका पुगेको छ, तर सबै कुरा मिलाएर म मेरै नेपाली पासपोर्टमा आज लण्डन हुँदै अमेरिकातर्फ निस्किएँ । समयले के गराएको हो म आफैँलाई थाहा छैन । अमेरिका हानिदा नेपालको सम्झनाले यो मनभित्र कम्प्युटरका फाेल्डरहरु खुलेझैँ अनेक तरंगहरु आइरहेका थिए ।
ब्रिटिस एयरवेजको बोइङ हवाइजाहाजबाट लण्डनको हेद्र्व अन्तर्रास्ट्रिय विमानस्थलमा ४ घन्टाको ट्रान्जिटपछि अमेरिका एयरवेज बोइङ १०७ बाट ८ घण्टा २५ मिनेटको उडानपछि न्यूयोर्क अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएँ । मलाई थाहा छ– युरोपियन र अमेरिकी जीवन मैले मामा र भाइलाई काम छोडेर एयरपोर्ट आउन पर्दैन ठेगाना दिनुहोस् म आउन सक्छु भनेको थिएँ । त्यसैअनुसार मैले लोकल रेल समातेर मामाघर सन्निसाइड ४६ स्ट्रिट ब्लिस पुग्दा भाइ विजय दुलाल र दाइ भरत पुरी मलाई लिन रेल स्टेशनमा पर्खिरहेका थिए । स्थानीय रेल समातेदेखि नै मैले अमेरिकन जीवन नियाल्न थाले ।
हरेक मान्छेलाई जीवनमा सुख त मिल्ला तर सधैं खुसी नहुन सक्छ । तर, अमेरिका छिरेको हरेक मान्छे मात्र जम्मा दश पल्ट मात्र औधी खुशी हुन्छ भन्ने मेरो ठहर छ । खुशी र सुख फरक कुरा हुन् सुख हुँदैमा मान्छे खुसी हुन्छ भन्ने छैन । अमेरिका पस्नुअघि र पछि जम्मा १० पल्ट असाध्यै खुसी भएको मान्छे पछि डलरका लागि मरिमेट्दै जीवनको अन्त्य भएको पत्तो पनि पाउने छैन । ती दश खुसी के हुन् म अर्को पल्ट बताउने छु । मैले बाहिरबाट सरसर्ती हेर्दा सबैले सपनाको संसार यो दुनियाँको स्वर्ग भनेर वर्णन गरिएको अमेरिका साँच्चिकै अमेरिका रहेछ भनेर मात्र होइन मैले आफ्ना आफन्त र प्रियजनलाई भेट्दा मेरो खुसीको सीमा रहेन त्यो खुसीको कारण हो मेरी सानी माइजु नर्वदा दुलाल । अमेरिका पुगेपछि मेरी माइजु पनि आफै रुपान्तरित हुनुभएछ । अचेल मेरी माइजु आफ्ना नातिसँग अंग्रेजीमा छोटा कुरा गर्नुहुन्छ । लुगा पनि यतैका लगाउनुहुन्छ, यु ट्युब च्यानलमा भजन र नेपाली फिल्म र गीत हेर्नुहुन्छ । उहाँले यसो गरिरहँदा म आफ्नो बालपनमा फर्कन्छु । आहा अमेरिकाभन्दा रमाइलो त्यो बालपन । उहाँसँग बिताएका हरेक पल अविस्मरणीय र मीठो लाग्ने । साँच्चिकै कति ठूलो हृदय छ । कसरी कुल्चनुहुन्छ दुःखलाई अनि फिस्स हाँसिदिनुहुन्छ । उहाँले त हो नि नेपाली लोककथा भनेको फर्सीको कथा त ठूलो भएपछि मैले कत्तिलाई सुनाए आज न्यूयोर्क सडक र पार्कमा हामीले वर्तमानका कुरा गर्दै फेरि एकपल्ट आफ्ना मनलाई पानीमा चिनी घुलिदिएजस्तै अन्तरघुलन भयौं ।
मेरो रहर थिएन युरोप–अमेरिका, तर समयले मलाई त्यता घचेटिदियो । मैले अनुभूति गरेको छु जस्तै रहरहरुलाई मार्न सकिँदो रहेछ तर आफैंले मरेका रहरसँग नियमापत्ति पनि गरेको छु । म यस्तो बन्नुमा मेरै हात छ त्योभन्दा बढी मेरो ठूलोमामा र मेरी सानी माइजूको हात छ मेरो साहित्य चेतनाको झिल्को नै मेरी माइजु हो । उहाँ हाम्रो मामाघरमा भित्रिएपछि नै सबै व्यवस्थापन भएको थियो । मेरो मात्र होइन हाम्रो समाज र गाउँठाउँकै उहाँ आँखाको नानी हो । उहाँलाई २ वर्षअघि युरोपबाट फोनमा कुरा हुँदा भनेको थिएँ– कुनै दिन हजुरलाई भेट्न झुक्याएर अमेरिका आइदिन्छु अनि ...... के थाहा मलाई र उहाँलाई आजको यो दिन ?
न्यूयोर्कबाट
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार