अमेरिकी बैभवमा रूमलिँदा

अमेरिकी बैभवमा रूमलिँदा
पहिला पहिला धेरै हिन्दी फिल्म सुटिङ हुन्थे रे । अमिताभ बच्चन सबैले चिन्दा रहेछन् । एक जना त उसलाई देखेर डिल डके डेको, डिल डेके डेको गाउँदै थियो । तल झर्दा साँझ परेको थियो । डुरेङो डाँडाको आगो दन्किएर दक्षिण झर्दै थियो । साँझ परिसकेकोले होटल लियो । ऐडभेन्चर माउन्टेन स्याडो होटल बुक भयो । नजिकै नेटिभ कल्चर प्रोग्राम थियो । स्थानीय टर्की डान्स ठ्याक्कै चितवनको मयुर डान्ससँग मिल्दो थियो । भाला छेदन युद्धकला, तीर हनाई, तान्त्रिक नाच चाहिँ उतैको झाक्री नाचसँग मिल्दो थियो । डमरू र दमाहा उस्तै थिए । धेरै बाँसुरी गाँसेर बनाइएको बाजा, गलामा लगाउने घण्टीबाजा, पाउजू जोडिएको घण्टी एभरेष्ट ट्रेकमा चौरीले बजाउने जस्ता लाग्थे । मिल्दाजुल्दा संस्कृति देख्दा नेटिभ अमेरिकन आफ्नै नजिकका नातेदारझैं लाग्थे । कहीँकतै नमिल्ने यी गोरा जातिचाहिँ अर्कै नक्षत्रबाट झरेका हुन् कि खै ?
 
भोलिपल्ट सखारै ग्राण्ड कानियोन हानिएँ । नर्थ रिमबाट कोलोराडो भ्याली रिभर हुँदै राति त्यहाँ नै बस्ने तय भयो । विश्वको सबैभन्दा बढी पर्यटक जाने ठाउँ भएकाले एकोमोडेसन सजिलो थिएन । बाटोमा टेलिफोन नलाग्ने र कहिलेकाहीँ रूट छलिँदा कोलोराडो डिजर्ट पार गर्दा साँझ परिसकेको थियो । एक–एक मिनेटमा सम्बन्ध बिग्रने र पुनः सुध्रने गोराहरूसँग टुर सेयर पनि कठिन नै थियो । हनीमुनपछि कतै बाहिर नहिँडेकी सीमालाई खुशी राख्नु अर्को चुनौती थियो । सामान्य हार्दिकतामा भाग्यबस जोडिएको यो टुरटोलीको सामान्य अवस्थामा पनि वैमनस्यता आउन सक्थ्यो । तर, पटक–पटक भीभीआईपी टुरमा समाविष्ट भइसकेका जिमी धेरै अनुभवी ट्राभलर्स थिए । कुनै समस्या आइपरेन ।
 
साँझ सात बजे गन्तव्य पुगे । डाइनिङका लागि तीन चार सयको लाइन थियो । रिजर्भेसनको लाइन खुबै लामो थियो । जिमीले डायनिङमा आँखा घुमाए चिनेको कोही भेटिन्छ कि भनेर । नभन्दै फ्रान्सबाट आएको एक टोली प्रमुखसँग भेट भयो । उनको टोली फ्लाइट क्यान्सिल भएकाले भोलि मात्र आउने भएछ । उनीसँग तीन डबल रूम बाँकी भएकाले एफआईटी खोज्दै रहेछन् । जिमी पनि बिजनेश लयर कम चलाख थिएनन् । उनले तीन सय डलरमा तीन रूम मिलाए । काठैकाठले जंगलमा बनेको अत्याधुनिक सुविधासम्पन्न क्याबिन सिजनमा चार–पाँच सय डलर सजिलै जाने रहेछ । होटलमा चेक इन गरेपछि डिनरको पालो कुर्दा ११ बजेको थियो । दुई घण्टामा पहाडको दर्शन गर्नु थियो । अस्ताउन लागेको घाममा ग्राण्ड क्यानयोन रातकी नवयौवना बनेकी थिइन् । आकाशको एक माइल दूरीमा चारवटा पहाड थिए । जसमा लेखिएको थियो– ब्रह्मा, विष्णु र महेश्वर । ताज्जुब थियो बीचमा रहेको पहाड पगौडा शैलीको मन्दिरको अवशेष जस्तो लाग्थ्यो र त्यसलाई विष्णु मन्दिर भनिएको थियो । हरेक वर्ष पचास लाख पर्यटक आउने ग्राण्ड क्यानियोनको मुख्य लज र रेष्टुराँमा भिडभाड थियो । चार घण्टा पट्यारलाग्दो पालोमा प्रि–अर्डर दिएर पनि खाना खान कुर्नुपर्ने सामान्य रेष्टुराँ सानदार पर्यटन व्यवसायमा अमेरिकाली गौरवशाली इतिहास बोकेर बाँचेको रहेछ ।
 
स्केनिक भ्यू, उड फ्लोर, चिसो वातानुकूलित रेष्टुराँको झ्यालबाट टहटह लागेको जुनमा रक्तिम डाँडाहरूका नाङ्गा जवानी साथमा लिएर ब्रह्मा, विष्णु र महादेवसँग विराजमान थिइन् ठूली गल्छी । उनको जवानी हेर्न करोडौं लालायित रहनु अर्को विशेषता थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरू कन्जरभेसन, पर्यटन, प्राकृतिक सम्पदा संरक्षणको जानकारी लिन र अध्ययन गर्न पनि आउँदा रहेछन् ।
 
चार जनाको टेबलमा आठ जना कोचिएर पनि होहल्ला बिना आनन्द लिन सक्ने कला त अमेरिकनहरूसँग सिक्नै पर्ने रहेछ । भाग्यबस पाइएको रूम र सेल्फ पेइङ संस्कारलाई अलिकति पूर्वतिर तानेर अन्तर्राष्ट्रिय मञ्च बनाउन पाउँदा जिमी खुसी देखिन्थे । शाकाहारी फियोन्से ज्याकीलाई खाना शेयर गर्न मिल्ने साथीका रूपमा सीमा थपिँदा वातावरण थप घरेलु बनेको थियो ।
 
डिनर खाएपछि रूम सेयरिङमा हल्का खिचातानी भयो । कोही आफ्ना पार्टनर छोड्न चाहन्नथे । रूम तलमाथि परेको थियो । एउटै ब्लक तर दुई–तीन क्याबिन फरक थियो । अन्ततः सीमा र उसलाई एउटा रूम शेयर गर्नुपर्ने भयो । आफ्नो घरमा हिम्मतिली हिंश्रक बघिनी बनेकी सीमा लुरे बिराली बनेकी थिइन् । जहाँ गए पनि आफ्नो संस्कार, कुल घराना, परिवार, कर्तव्यले छोडेको थिएन । कानमा सिन्डिइले उसलाई बेष्ट अफ लक दिइन् । मार्कोले ‘आई उड लभ्ड द्याट’ भनेर थम्सअप दिए । जिमीले आफ्नो वालेट दिएर भने टेक सम टोर्जोन्स, ब्ल्याक हर्स, रन्स माइल्स विथ आवट एनी हेजिटेसन । ऊ असमन्जस बनेर हाँसिरह्यो । सीमाले अन्तै हेरिरहिन् ।
 
डिनर लिएपछि डोमिनिक फ्रेन्च टूर लिडरलाई के महसुस भयो कुन्नि । चार बोतल रिजर्भ सातोनेदे पप झोलामा बोकेर आएछन् । जिमीको लगना रेफ्रिजेरेटर र आइस भएकाले सबै त्यहाँ जम्मा भए । मडियम बडी, उच्चस्तरीय वाइन विशेष नै भयो । सबैले खुसीसाथ टोस्ट र चियर्स गरे । तालु झरेको रसिला डोमिनिक, फ्रेन्च जस्तै हँसिला र गफाडी रहेछन् । उनको गढिलो नजरले सीमा अप्ठ्यारो मान्दै थिइन् । उसले सीमालाई आफ्नो नजिक तान्यो । सीमाले हल्का आराम महसुस गरिन् ।
 
नेपालको पर्यटन क्षेत्रको कुरा भयो । एल्प माउन्टेन र धौलागिरीको लेखाजोखा गरियो । अर्को वर्ष मनास्लु घुम्न जाने सहमति भयो । उसले चार–पाँच वटा स्थानीय एजेन्टको रिफरल र फोन नम्बर दियो । टेम्पल टाइगर र भेन्चर ट्राभल्स र यति ट्राभल्ससँगको प्रतिस्पर्धामा उभिने सल्लाह दिएर गुडनाइट गर्दै बिदा भयो । काठैकाठले बनेको एट्याच्ड बाथरूम, बिना इलेक्ट्रिसिटी वाला चाहिँ उनीहरूलाई परेछ । भेनेला फ्लेवरको मैन बत्तीमा पेट्रो लालट्रिन जडित सुन्दर कोठा रहेछ । डबल बेड पातलो तर आरामदायी म्याट्रेस, एक कपलका लागि धेरै राम्रो थियो त्यो रूम ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार