फरूवाले हानेर गाई मारे, ६ जना पक्राउ, पुरेकाे अवस्थामा टाउकाे भेटियाे

फरूवाले हानेर गाई मारे, ६ जना पक्राउ, पुरेकाे अवस्थामा टाउकाे भेटियाे

 

माघ ३, २०७५

ललितपुरकाे हरिसिद्धिमा मासु निकालिसकेको र बाँकी रहेका टाउको, पुच्छर, छाला, हड्डी, खुट्टालगायत पुरेको अवस्थामा एउटा गाई भेटिएको छ । याे गाई हरिसिद्धीस्थित माया अधिकारीको गोठबाट दाम्लो काटेर चोरी भएको थियाे ।

गाई चोरी काटेर खाएको आरोप लागेका एकजनालाई पक्राउ परेका छन्। घटनामा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीको भनाइ  छ । ६ जना मिलेर गाई चोरी ल्याइ फरुवाले हानेर मारेको र राम्रो मासु निकालेर बाँकी खाल्डोमा हालेकाे भनी आरोपीले स्विकारेको प्रहरीको दाबी छ । प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये तीनजना ११/१२ वर्षका बालक र तीनजना ठूला छन् । 

तीनवर्षदेखि हरिसिद्धिमा गाई पाल्दै आएकी धादिङकी माया अधिकारीका तीनवटा गाई मध्ये एउटा गाई पुस १० गते हराएको थियो । पुनः मंगलबार राति बाँधिएको ठाउँबाट अर्को गाई हराएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन । अधिकारीकाअनुसार बाँधेको ठाउँमा दाम्लो काटेर गाई चोरी भएको हाे। प्रहरीका अनुसार, गाई २३ नम्बर वडाबाट हराएको थियो तर खोज्दै जाँदा २८ मा भेटिएकाे हाे ।  हरिसिद्धीस्थित होसना इँटा भट्टाको माटो निकाल्ने ठाउँमा पुरिएको अवस्थामा गाई भेटिएको थियो ।

गाई पुरेको भेटिएपछि इँटाभट्टा रहेका सबैका टहरामा प्रहरीले छापा मार्दा एकजनाको टहरामा मासु भेटियो । ‘तर त्यो मासु गाईको हो या अरुकै पहिचानका लागि डीएन परिक्षण गर्न पशु कार्यालयमा पठाइएको छ’ प्रमुख मिश्रले भने ।  थप अनुसन्धानका लागि भट्टाका साहु तथा नाइकेसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ । स्थानीयकाे सहयाेगमा प्रहरीले छापा मारेकाे थियो।

मुलुकी फौजदारी अपराध संहिताको परिच्छेद २७ काे उपदफा २ मा कुनै गाई वा गोरु मर्न गएमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग