मेक्सिकोको बिमानमा डिएनए छुटको ब्यबस्था

मेक्सिकोको बिमानमा डिएनए छुटको ब्यबस्था

 

टेक्सस ।

अमेरिकन पर्यटकलाई मेक्सिको भित्राउने र पर्यटन बिकास गर्ने हेतुले   मेक्सिकोको राष्ट्रिय बिमान कम्पनीले एउटा रमाईलो  कार्यक्रम अगाडि ल्याएको छ । जुन कार्यक्रमलाई   डिएनए डिस्काउन्ट्स नाम दिईएको छ । म्याक्सिकन डि एन ए भएका अमेरिकनहरुलाई म्याक्सिकन ध्वजा बाहक यरो मेक्सिकोले बिशेष सहुलियतमा टिकट दिने भएको हो ।  यरो मेक्सिकोले ब्यापार प्रबद्र्न गर्न बनाएको बिज्ञापन मार्फत उक्त जानकारी दिएको हो ।  यरो मेक्सिकोले मेक्सिको डि एन ए भएकालाई भारी छुटमा टिकट दिने भनेर सार्वजनिक गरेको बिज्ञापनमा मेक्सिकोको पहिलो गन्तब्य  अमेरिका हो तर अमेरिकाको पहिलो गन्तब्य   मेक्सिको होईन ।  हामी मेक्सिकोलाई पनि अमेरिकनहरुको गन्तब्य बनाउन चाहन्छौ । –  भनिएको छ । 
मेक्सिकन डि एन ए भएका यात्रुहरुलाई भारी छुट दिने बिज्ञापन बिमान कम्पनीले गत बर्ष मे महिनामा नै सार्वजनिक गरेको थियो ।  झन्डै ९ महिना अगाडी सार्वजनिक गरिएको बिज्ञापन अमेरिका र मेक्सिकोको सिमानामा अग्लो पर्खाल लगाउने बहस अहिले अमेरिकि सरकारमा चलिरहदा एकाएक बिज्ञापन  सामाजिक संजालतिर ब्यापक भाईरल हुन पुगेको छ ।  यरो मेक्सिको बिमान कम्पनीको बिज्ञापनका अनुसार यात्रु टिकटमा छुट  लिनको लागि डिएनए परिक्षण गर्नु पर्ने छ ।  डि एन ए परिक्षणको नतिजाको आधारमा टिकटमा छुट  दिने ब्यबस्था गरिएको छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार