ट्रम्पको प्रस्ताब - पर्खालसंग टिपिएस र डाका

ट्रम्पको प्रस्ताब - पर्खालसंग टिपिएस र डाका
न्यूयोर्क अमेरिका 
झण्डै एक महिना लामो सरकारी खर्च बन्दी पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अपरान्ह ह्वाईट हाउसबाट बिशेष सम्बोधन गर्दै बार्गेनिङ कार्ड फ््याकेका छन् । अमेरिकाको दक्षिणी सिमानामा पर्खाल लगाएरै छाड््ने उनको चुनाबी एजेन्डालाई मुर्तरुप दिन आवश्यक पर्ने ५ अर्ब ७० करोड अमेरिकी डलर विपक्षी दल डेमोक्र््याटिक पार्टीले रोकेको भन्दै राष्ट्रपति ट्रम्पले विगत २९ दिन देखि सरकारी खर्च बन्दी गरिरहेका छन् । आजको विशेष सम्बोधन मार्फत उनले डेमोक्र््याटिक पार्टीले पर्खाल बनाउन बजेट दिएमा डिफर्ड एक्सन फर चाइल्डउड एराइभल्स (डाका) र  टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) आगामी ३ वर्षको लागि नियमित गरिदिने प्रस्ताब गरेका छन्। 
१५ वर्ष भन्दा कम उमेरमा बिभिन्न कारणबाट अमेरिका प्रवेश गरेका बालबलिकालाई अमेरिकामा कानुनी रुपमा बसोबासका लागि अनुमति दिने डाका सन्् २०१२ मा पुर्व राष्ट्रपति बाराक ओबामाले ल्याएको कार्यक्रम थियो भने टिपिएस युद्ध र प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षती भएका सम्बन्धीत मूलुकबाट अमेरिका आएका आप्रवासीलाई निश्चित समयका लागि दिइने अस्थाइ सुरक्षा सम्बन्धी ब्यवस्था हो । 
डाका मार्फत झण्डै ७ लाख आप्रवासीहरुले बैधानिक रुपमा अमेरिकामा बसोेबास गर्दै आएका छन् । टिपिएस अन्तरगत हाइटि, एलसाल्भाडोर, सिरिया, होन्डुरस, यमन, सोमालिया, सुडान, साउथ सुडान, निकारागुवा, र नेपाल लगायतका मूलुकले सुबिधा लिइरहेका छन् । थुप्रै आप्रवासीहरु प्रभावित हुने यी दुबै कार्यक्रम राष्ट्रपति ट्रम्पले आफ््नो कार्यकाल सुरु भएको केही महिना भित्रै रद्ध गरेका थिए । हाल अमेरिकामा राष्ट्रपति ट्रम्पले गरेको सरकारी खर्च बन्दीका कारण ८ लाख केन्द्रिय सरकार अन्तरगतका कर्मचारीहरु प्रभावित भएका छन् । 
यद्धपी राष्टपति ट्रम्पको  बिशेष प्रस्तावको बारेमा उनको बिपक्षी दल डेमोक्र्याटिकका प्रभावशाली नेता चक सुमर र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले उनको प्रस्ताब अस्वीकार गरेका छन् । पछिल्लो समय बिकास हुदै गएको राजनीतिक घटनाक्रमले झण्डै महिना दिन देखिको सरकारी खर्च बन्दी तत्काल खुल्ने संकेत गर्दैन ।  
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग