अग्रज पत्रकार गौतमको सहयोगार्थ नेजाले थाल्यो अभियान

अग्रज पत्रकार गौतमको सहयोगार्थ नेजाले थाल्यो अभियान
 
विश्व न्यूज संवाददाता
न्यूयोर्क । 
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अग्रज पत्रकार जयदेव गौतमको स्वास्थ्य उपचारमा सहयोग गर्न आग्रह गरेको छ । नेजाका संस्थापक सदस्य नेपाली पत्रकारिकताका एउटा इतिहास पत्रकार गौतमको उपचारमा सहयोग गर्न सम्पूर्णमा आग्रह गर्दै नेजाले गो फन्ड मी समेत खोलेको छ । २५ हजार लक्ष्यसहीत सुरु गरिएको गो फन्ड मी मा नेजाको तर्फवाट ५ सय १ डलर सहयोग गरिएको छ । 
नेपाल पाल्पा जन्म घर भई हाल अमेरिकाको भर्जिनियामा वस्दैं आएका गौतम उपचाररत रहेका छन् । लामो समय अस्पतालमा रही उपचार गराएका गौतम हालैं डिष्चार्ज भएपनि अहिले पनि पूर्ण रुपमा स्वस्थ्य भइसकेका छैनन् । 
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व उपाध्यक्ष्, नेपाल वातावरण पत्रकार संघका पूर्व सदस्य रहीसकेका गौतमले नेपालको दर्जन वढी संचारमाध्यममा काम गरिसकेका छन् । 
अग्रज पत्रकार गौतमस“गैं नेजा छ । हामीले उहाप्रति सहयोग गर्नेभन्दा पनि  यसलाई हामी हाम्रो कतृव्यको रुपमा  लिएका छौं । नेजाका अध्यक्ष सुदीप पन्तले भने हामी सबैं सग सगैं छौं, दुःख सुखमा नेजा छ भन्ने भावनात्मक सम्बन्ध सबैंभन्दा माथि हो । म सबैंलाई सक्दो सहयोग गर्न आग्रह गर्दछु ।   
केही दिन अघि अध्यक्ष पन्तसहीतको नेजाको टोलीले पत्रकार गौतमस“ग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार