अचम्म छ भूतलेखकको नालिबेली

अचम्म छ भूतलेखकको नालिबेली
 
योगेश आदी

ygshdngl@yahoo.com

 
स्कुले जीवनमा मैले थुप्रै साथीहरुको प्रेमपत्र लेखिदिएको छु । अरुको प्रेमपत्रको जवाफ लेख्दिने काम म चिया, नास्ता र मित्रताका लागि गर्दिन्थे । साथीको प्रेम आफूले महसुस गर्नुपर्ने । साथीको प्रेमिकाको अदा आँखामा राखेर कल्पिँदै शृङ्गारसरमा लेख्नुपर्ने । अहिले यदाकदा अरुको लेख, फुटेज, सूचना मिलाइदिने वा लेख्दिने गर्छु । म अवश्य चाहन्छु कि म अरुका लागि लेख्ने बन्न सकुँ । तर, भरपूर आत्मविश्वास अझै छैन । चानचुने सीप र दक्षताले सो बन्न सकिँदैन । पैसावालहरुले नाम र चर्चाका लागि भाडाका लेखकलाई मनग्य पैसा तिर्ने गर्छन् । भाडामा बिक्नु भनेको व्यावसायिक बनेको प्रमाण हो ।
नेपालका उद्योगपति, व्यापारीहरुले बेलाबेलामा किताब छापेको खबरहरु सुन्छौं, देख्छौं । कलाकारहरुले पनि किताब लेखेका छन् । आम मानिसले विश्वास गर्दछन् कि छापिएका किताबहरु उनीहरु आफैंले लेखेका होलान् ! तर होइन । पर्दा पछाडिका लेखक अर्कै हुन्छन् । अमेरिकामा सबै ठूला नेताहरुले भाषण अरुलाई लेखाउँछन् । जसलाई ‘घोष्टराइटर’ अर्थात् भुताहालेखक भनिन्छ । संसारमा सबैभन्दा बढी भूतलेखक भएको देशमा भारत, चीन र अमेरिका पर्दछन् । पत्रपत्रिका, अनलाइन र रेडियोमा विज्ञापन नै छापेर आफूले कसैका लागि किताब लेखिदिने बताउँछन् । आजकल बिगबिगी र चर्चा मात्र होइन, मनग्य पैसा कमाउने पेशामा ’घोष्टराइट’ पनि पर्दछ । घोष्टराइटिङ दुई प्रकारले गर्दछ– आंशिक र पूर्ण । कसैले आफैँ येनतेन कनिकुथी आफैँले लेख्छन् अनि भाषाशैली, व्याकरण र रोचक इत्यादि बनाउन घोष्टराइटर लगाउँछन् । कसैले विषयबस्तु, आफ्नो रुची, व्यक्तिगत कथा सुनाउँछन् र सोहीअनुसार लेख्न लगाउँछन् । विश्वव्यापी ट्रेण्ड के छ भने घोष्टराइटरले शुरुमा नै धेरैजसो रकम लिन्छन् र समयमा सक्छन् । कन्टेन्टदेखि कभर डिजाइनसम्म घोष्टराइटिङ बिजनेस हाउसले नै गर्ने हुँदा काम द्रूत हुन्छ । तर सम्झौता गर्दा नै नाम र गोपनीयताको शर्तहरु उल्लेख गरेका हुन्छन् । तपार्इंले नपत्याउँदो मानिसले किताब छाप्यो भने सोच्नुस्, घोष्टराइटर हायर गरेछ । जुन अमेरिका युरोपका लागि सामान्य मानिन्छ । भारतमा सबैभन्दा बढी घोष्टराइटरले लेखेको किताब छापिने तथ्याङ्कले बताउँछ ।
बाराक ओबामाको वाककला श्रवणीय छ । लेखनशैली तारिफयोग्य छ । के तपाईंलाई लाग्छ ओबामाले बोलेका सबै उनकै वाक्यहरु हुन् ? होइन । सन् २०१३ सम्म ओबामाको भाषण जोनाथन फेब्रेले लेख्थे । ओबामा आफैंमा प्रोफेसर भएकाले कुरा मिलाउन खप्पिस त थिए नै, यद्यपि, फेब्रेको सहयोग लिन्थे । त्यसो त ओबामाको ‘ड्रिम्स फ्रम माई फादर’ पनि घोष्टराइटर विलियम ऐयर्सले लेखिदिएको भनिन्छ । यद्यपि, अमेरिकाका लागि यो अपराध होइन ।
नेपालमा पनि हालै मनीषा कोइरालाले लेखेको ‘हिल्ड’ नामक किताब, हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’, वसन्त चौधरीको संवाद आदि किताबहरु आंशिक रुपमा घोष्टराइटरले लेखेका हुन् भनिन्छ । अधिकांश लेखकले किताब लेखिसकेपछि ह्रस्वदीर्घ, व्याकरण, अनुच्छेद मिलाउन पाण्डुलिपी नै भाषाविज्ञलाई दिने गर्दछ । लेख्न सबैले सक्छन् तर पठनीय लेख्न कमैले सक्छन् । आत्मकथा अर्थात् अटोबायोग्राफी घोष्टराइट गराउनेले भने लामो समय संगत गरेर, घण्टौंघण्टा गफिएर पात्रको जीवन महसुस गरेर लेख्न शुरु गर्दछ । लेख, आलेख, कथा, पटकथा, उपन्यास, निबन्ध, समालोचना, नियात्रा इत्यादि लेख्ने काइदा हुन्छन् । पाठकलाई जनजिब्रो र आँखामा बग्ने खालको वाक्य संरचना भएन भने पठनीय पुस्तक बन्दैन । १०–१५ हरफ लेख्नु भिन्नै कुरा हो भने निष्कर्षसहितको पूर्ण लेख लेख्नु फरक चिज हुन् । 
आजकल उपन्याससमेत घोष्टराइटरलाई लेखाएर आफ्नो नाम छाप्ने चलन नेपालमा पनि बढेको छ । भनिन्छ, नेपालका चलेका लेखकहरु पनि पर्दा पछाडि भूतलेखकको काम गर्छन् । कुनै दिन सुबिन भट्टराई, सरुभक्त, मञ्जुश्री थापा, बुद्धिसागर, अमर न्यौपाने, कविताराम श्रेष्ठ, गिजु भई, खगेन्द्र संग्रौला, नयनराज पाण्डे जस्ता लेखकहरुले आत्मकथा लेखे भने यस विषयमा केही अंश पक्कै लेख्लान् । योग्यता क्षमता बजारिया बनेको परिप्रेक्ष्यमा एउटा सत्य स्वीकारौं, पैसाले किन्न नसकिने दुई चिज बचेको छ– आमाबाबु 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग