राजिव गान्धीकी छोरी पनि अव सक्रिय राजनीतीको मैदानमा

राजिव गान्धीकी छोरी पनि अव सक्रिय राजनीतीको मैदानमा
बायातर्फ इन्दिरा गान्धीको तस्बिर र दायातर्फ प्रियंका गान्धीको तस्बिर ।
 
अमेरिका ।
 
झट्ट हेर्दा हजुरआमा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी जस्तै देखिने उनकी नातिनी  प्रियंका गान्धीले अन्ततः भारतको सक्रिय राजनीतिमा अकतरण गरेकी छिन् ।  धेरै पहिला देखी उनी सक्रिय राजनीतिमा आउने चर्चा भए पनि आगामी फेबु्रअरी देखी प्रियंकाले देशकैं जेठो दल भारतीय राष्ट्रिय कांग्रेसको महासचिवको रुपमा भारतको उत्तर प्रदेशको पूर्व भाग सम्हानेभएकि छन् । उनलाई उनका दाजु भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले महासचिवमा मनोनित गरेका हुन् । 
उनको सक्रिय राजनितिमा प्रवेशको खवरसगैं भारतको राजनिति तरंगित भएको छ । प्रियंका पूर्व प्रधानमन्त्री राजिव गान्धी र भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीकी छोरी हुन् ।
 
 
पद लिएर सक्रिय राजनिति नगरेको भएपनि प्रियंकाले यसअघि सन् २००४ मा भएको लोकसभा निर्वाचनमा  आमा सोनिया गान्धीको क्षेत्रमा सक्रिय भएकि थिइन् । तत्पश्चात दाजु राहुल गान्धी पार्टी अध्यक्ष भए पछी उनी राजनीतीबाट निस्क्रिए जस्तो देखिएकि थिइन् । तर पनि उनले दाजु राहुल पछिल्लो निर्वाचनको भने कमाण्ड सम्हालेकी थिइन् । बोली चाली देखी कपडा लगाउने  शैली समेत प्रियंकाको आफ्नी हजुरआमा इन्दिरा गान्धीकै जस्तो भनेर भारतमा चर्चा हुने गर्दछ । 
आगामी अप्रिल र मे महिनामा  लोक सभाका लागि हुने कुल ५ सय ४३ क्षेत्र मध्ये प्रियंकाले जिम्मेवारि समाल्दै गरेको उत्तर प्रदेशमा सबै भन्दा धेरै ८० निर्वाचन क्षेत्र छन् । संसदीय निर्वाचनको पूर्व संध्यामा जेठो दल कांग्रेसले नेहरु गान्धी परिवारबाट उत्तर प्रदेशको महासचिव हेर्ने गरी प्रियंका गान्धीलाई अगाडि ल्याउनुलाई महत्वपूर्ण   रुपमा हेरिएको छ । उनी सहीत ४ जनालाई राहुलले महासचिवमा मनोनित गरेका छन् । भारतको केन्द्रीय सरकार कांग्रेस अहिले प्रतिपक्ष्को रुपमा रहेको छ । 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार