डाकासँग बोर्डर वाल साट्ने ट्रम्पको प्रस्ताव सिनेटमा फेल, कहिले खुल्ला सरकार ?

डाकासँग बोर्डर वाल साट्ने ट्रम्पको प्रस्ताव सिनेटमा फेल, कहिले खुल्ला सरकार ?
 
न्यूयोर्क । 
 
३४ दिन देखि बन्द रहेको अमेरिकी सरकार खुलाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको प्रस्ताव विहीबार सिनेटमा फेल भएको छ । डेमोक्रेटले समर्थन गरेको डिफर्ड एक्सन फर चायल्डहुड अराइभल्स (डाका) र बिभिन्न कारणले संकटमा परेका देशका नागरिकलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) आफुले तीन बर्ष नविकरण गरिदिने र त्यस बापत आफुलाई सीमामा पर्खाल लगाउने बजेट दिन ट्रम्पले प्रस्ताव गरेका थिए ।
उनको प्रस्ताव बमोजिम सिनेट मेजोरिटी नेता मिच म्याकविनलले ल्याएको बिधेयक आज असफल भएको हो । ट्रम्पको प्रस्तावलाई गत साता नै डेमोक्रेटहरुले अस्विकार गरेका थिए । उनीहरु सीमा सुरक्षाका लागि ट्रम्पले भने बमोजिम ५ अर्ब ७० करोड नै दिन पनि  तयार तर पर्खालका लागि भने एक डलर पनि नदिने अडानमा छन् । ट्रम्प भने आफ्नो चुनावी प्रतिवद्धता बमोजिम पर्खाल लगाउने रकम नदिदासम्म आफुले बार्षिक बजेट बिलमा हस्ताक्षर नगर्ने धम्की दिंदै आएका छन् । ट्रम्प र डेमोक्रेटको यही अडानका कारण महिना दिन देखि आठ लाख बढि केन्द्र सरकार अन्तर्गतका कर्मचारीले तलव पाएका छैनन् । उनीहरुमध्ये आधा त विना तलव काममा जान बाध्य छन् । 
ट्रम्पको प्रस्ताव बमोजिम म्याकविनलले ल्याएको बिधेयकको पक्षमा एक जना पनि डेमोक्रेटले मत दिएनन् । यस्तै दुई जना रिपब्लिकन सिनेटर अनुपस्थित रहदा विधेयकको पक्षमा ५१ र विपक्षमा ४७ मत पर्यो । बिधेयक पारित गर्न ६० भोट आवश्यक हुन्छ । 
त्यस लगत्तै डेमोक्रेटले फेबु्रअरी ८ सम्म सरकार खुलाउन र त्यो अवधिमा सम्झौता गर्ने गरी हाउसबाट पारित प्रस्ताव सिनेटमा पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा छ जना रिपब्लिकन सिनेटरले मत दिए पनि आवश्यक ६० भोट नपुग्दा पारित हुन सकेन । शुक्रबार सरकारी कर्मचारीले तवल बुझ्ने दिन हो । अब उनीहरुले भोलि पनि चेक नपाउने निश्चित भएको छ । सट डाउनका कारण अमेरिकी अर्थतन्त्रले पाँच अर्ब डलर हाराहारी घाटा व्यहोरी सकेको जनाइएको छ ।
 
यसैबीच दक्षिणी सीमामा संकटकाल घोषणा गरी पर्खाल लगाउन ह््वाइट हाउसले आन्तरिक तयारी गरि रहेको रिपोर्ट समेत सिएनएनले ब्रेक गरेको छ । ७ अर्ब डलर बढी छुट्याएर सहित पर्खाल लगाउने तयारीमा ट्रम्प रहेको रिपोर्टमा उल्लेख छ । तर, दक्षिणी सीमामा ट्रम्पले भनेजस्तो संकटपुर्ण अवस्था नरहेको कारण संकटकाल लागु गरे अदालतले खारेज गरीदिने कानुन जानकारहरूले बताउदै आएका छन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार