अपहरणकारीबाट फुत्किएर भाग्न सफल बालिकालाई २५ हजार अमेरिकि डलर पुरस्कार

अपहरणकारीबाट फुत्किएर भाग्न सफल बालिकालाई २५ हजार अमेरिकि डलर पुरस्कार
जेमी क्लोस
 
विस्कन्सिन  । 
 
तीन महिना सम्म बन्दक बनाएर राखिएकी एक बालिकालाई अपहरणकारीबाट फुत्किएर भाग्न सफल  भएकोमा २५ हजार अमेरिकी डलर पुरस्कार दिईने  भएको छ । विस्कन्सिन स्थित उनकै घरबाट अपहरणमा परेकी १३ बर्षिया बालिका जेमी क्लोस् ८८ दिन पछी अपहरणकारीबाट फुत्किएर भाग्न सफल भएकी थिईन् ।  उनी अक्टुबर १५ को दिन घरबाट अपहरणमा पर्दा उनका माता र पिता दुबै मारिएका थिए ।  
जेमी अपहरणमा परे पछी उनको माता पिता कार्यरत टर्कीको मासु उत्पादनकर्ता ‘जेनी-ओ’ कम्पनीले जेमीको बारेमा सुचना उपलब्ध गराउनेलाई २५ हजार अमेरिकि डलरले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।  जेमी अपहरणमा परेपछी सुचना दिलाउने व्यक्तीलाई,' जेनी-ओ ’ कम्पनीले २५ हजार र फेडरल इन्भेष्टिगेसन ब्युरोले ( एफ बि आई ) ले २५ हजार अमेरिकी डलरले पुरस्कृत गर्ने  घोषणा गरेका थिए।पुरस्कारको लागि छुट्याएको २५ हजार डलर भने ’ जेनी - ओ ‘ ले जेमी आंफै सम्पर्कमा आएपछी उनको भबिष्यको आवश्यकताको लागि उनैलाई दिने घोषणा गरेको छ भने एफ बि आईले भने घोषणा गरेको रकम के गर्ने हो अहिले सम्म सार्वजनिक गरेको  छैन ।
जेमीको अपहरण  र उनकी ४६ बर्सिया आमा डेनिस क्लोस् र ५६ बर्सिय पिता जेम्स् क्लोस्को हत्या अभियोगमा २१ बर्सिय थोमस प्याटर्सनलाई प्रहरी हिरासतमा राखेर मुद्दा चलाएको छ।जेमी गत जनबरी १० तारिक अपहरणकारीबाट फुत्किएर आफ्नो घर भन्दा ७० माईल्स पर सम्पर्कमा आएकी थिइन ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग