बिना पाईलट यात्रु बोक्ने ‘उबर एयर ‘ को पहिलो चरणको परिक्षण उडान सम्पन्न

बिना पाईलट यात्रु बोक्ने ‘उबर एयर ‘ को पहिलो चरणको परिक्षण उडान सम्पन्न
यात्रु अोसार पसार गर्ने प्रायोजनको लागि पहिलो चरणमा परिक्षण गरिएको हवाई यान
न्युयोर्क । 
ट्याक्सी ब्यवसायमा विश्वभर क्रान्ति ल्याउन सफल ‘उबर’ को लागि पाईलट बिना यात्रु बोक्ने हावाई यानको पहिलो चरणको परिक्षण उडान सम्पन्न भएको छ । ब्याट्रिबाट चल्ने हावामा उड्ने ट्याक्सी ३० फिट लामो र २८ फिट चौडा छ भने यो हावाई यानले एक पटकमा ५० माईल्स सम्मको दुरी तय गर्ने छ । ठुलो ड्रोन जस्तो आकृतिको देखिने उक्त हावाई यानको परिक्षणको क्रममा यानलाई सिधा माथि  र सिधा ल्याण्ड गरेर पहिलो चरणको सफल परिक्षण उडान गरिएको भिडियो बोईङ् कम्पनिले सार्वजनिक गरेको छ । आगामी ४ बर्ष भित्र क्यालिफोर्निया र टेक्ससबाट बिना पाईलट यात्रु बोकेर उड्ने योजना बनाएको ” उबर यर “ को तयारीको लागि बोईङ् कम्पनीले भर्जि्निया स्थित मनाससमा जनवरी २३ बुधबार , ऊडाउने र बसाउने सफल परिक्षण उडान गरेको हो । उक्त बोइङ् निर्माण कम्पनीका प्रमुख प्राबिधिक अफिसर ग्रेग ह्यासलपले संचार माध्यमलाई  बताएका छन् “ हामीले हवाई ट्याक्सीको परिकल्पना गरेको एक बर्ष भित्र बिना चालक हावामा यात्रु सहित उड्ने यानको पहिलो चरणको सफल परिक्षण उडान गर्न सफल भयौ “ । उनले परिक्षण उडानबारे थप प्रस्ट परेका छन् ” आजको पहिलो सफल परिक्षण उडानले भबिस्यमा हाम्रो शहरी आकाशलाई सुरक्षित तबरले गतिशिलता प्रदान  गर्ने उदेश्य पुरा हुने छ “ ।  
उबरले यस अगाडि बिना चालक यात्रु बाहक गाडी समेत प्रयोगमा ल्याई सकेको छ तर पछील्लो समय एरिजोना राज्यमा गरिएको चालक बिनाको यात्रु बाहक कारको परिक्षणको क्रममा घातक दुर्घटना भए पछी उबरले यो योजना अगाडि बढाउन सकेको छैन। एरिजोनाको परिक्षणले केही पछाडि धकेलिए पनि यो बर्षको अन्त्य सम्म उबरले पुन पेन्सलभानिया राज्यमा चालक बिनाको गाडी परिक्षण गर्ने जनाएको छ। उबरले सन २०२३ देखी अमेरिकाको आकाशमा पाईलट बिनाको हवाई यान मार्फत यात्रु वसार पसार गर्ने तयारी गरी रहेको छ । यो प्रोजेक्टलाई उबरले “ उबर एयर ” नाम दिएको छ 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार