राष्ट्रपती ट्रम्पका विशेष सल्लाहाकार रोजर स्टोन पक्राउ

राष्ट्रपती ट्रम्पका विशेष सल्लाहाकार  रोजर स्टोन पक्राउ
 
अमेरिका ।
 
अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पका एक पूर्व सहयोगीलाई फेडरल इन्भेस्टिगेसन ब्युरो ( एफ बि आई ) ले पक्राउ गरेको छ ।  सन २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियन संलग्नता बारे अनुसन्धान गरिरहेको एफ बि आई  टोलीले ट्रम्पका चुनावी क्याम्पियन सल्लाहाकार रोजर स्टोनलाई शुक्रबार बिहान फ्लोरिडा स्थित आफ्नै घरबाट  पक्राउ गरेको हो ।  उनलाई न्याय प्रक्रियामा अबरोध पुर्याउने गरी झुटो बयान दिएको लगायत ५ वटा   अभियोग लगाईएको छ ।  
उनलाई आज शुक्रबार नै फ्लोरिडा स्थित संघिय अदालतमा पेश गर्ने एफ बि आईले बिज्ञप्ती मार्फत जनाएको छ ।  पक्राउ परेका स्टोन अमेरिकाका पूर्व राष्ट्रपती रिचार्ड निक्सनका पनि चुनावी    सल्लाहाकार थिए ।  सन २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियन संलग्नताबारे एफ बि आईले आफ्नो पूर्व निर्देशक रोबर्ट मुलरलाई ’ स्पेसल कन्सुलर ’ नियुक्त गरी अनुसन्धान जिम्मा दिएको छ ।  यही अनुसन्धान अन्तर्गत स्टोनलाई पक्राउ गरिएको बताइएको छ ।
(एजेन्सीहरुको सहयोगमा) 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार