फिल्मका कारण भारतमा दूधकाे चाेरी बढ्याे

फिल्मका कारण भारतमा दूधकाे चाेरी बढ्याे

माघ ११, २०७५ ।

भारतको तमिलनाडुमा दूध चोरीका अनेकौं घटना सार्वजनिक भएका छन् । दूध व्यापारीहरूले प्रहरीमा गुनासो गरेका छन् । एक तमिल फिल्मको रिलिजअघि दूध चोरीको घटना बढेको हो । दूध व्यापारीहरूले भारी नोक्सानी भइरहेको बताए । 

केही धार्मिक अवसरहरूमा हिन्दू परम्पराअनुसार देवीदेवताका ठूला प्रतिमामा दूध चढाइन्छ । यसलाई पालाभिषेकम् भनिन्छ । तर केही वर्षयता दक्षिण भारतमा फिल्मका लागि पालाभिषेकमको चलन बढेको छ । 

राज्यका दूध व्यापारीहरूका अध्यक्ष एसए पोन्नुसामीले भने, ‘यो भगवानको उपासनाको एक विधि हो, फिल्म स्टारका लागि हैन । विगत २० वर्षमा यो क्रेज मानिसहरूमा तीव्रताका साथ बढेको छ । राज्यभरिका फ्यानले यसो गर्ने गरेका छन् किनकि उनीहरू फिल्म स्टारलाई भगवानको दर्जा दिन्छन् ।’

मंगलवार तमिल अभिनेता सिलाम्बरासनले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेर प्रशंसकहरूलाई फेब्रुअरी १ मा रिलिज हुने फिल्मको उत्सव मनाउनका लागि पोस्टरमा दूध बढाउन अपील गरे । 

यो भिडियो भाइरल भयो र यसपछि राज्यमा दूधको प्याकेट चोरी हुने घटना बढ्यो । डेरीबाट दूधको प्याकेट लिएर आएका ट्रक पसलअगाडि छोडिन्छ । तर फ्यानहरूले ट्रकबाटै दूधको प्याकेट चोरिरहेका छन् । 

पोन्नुसामी यसरी फिल्म अभिनेताहरूको पालाभिषेकमविरुद्ध सन् २०१५ देखि आवाज उठाइरहेका छन् ।

उनले भने, ‘दूध चोरीविरुद्ध फरक फरक फ्यान क्लबका सोसल मिडिया ग्रूपमा पोस्ट पनि गर्ने गरिएको छ । यसलाई रोक्नका लागि तमिल सुपरस्टार रजनीकान्त र कमल हासनसँग पनि सहायता मागिएको छ । यति गर्दा पनि दूध चोरी रोकिएको छैन ।’

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग