चौतर्फी दवाव पछि ट्रम्प आफ्नो अडानबाट ब्याक, सरकार खुलाउन सहमत

चौतर्फी दवाव पछि ट्रम्प आफ्नो अडानबाट ब्याक, सरकार खुलाउन सहमत
न्यूयोर्क 
शुक्रबार विहानै टेलिभिजनहरुमा एउटा सनसनीपुर्ण खवर फैलियो– सरकारी सट डाउनका कारण बिना तलव काम गर्न बाध्य एयर ट्राफिक कन्ट्रोलरहरु ठूलो संख्यामा बिदा बसिदिँदा केही महत्वपुर्ण एयरपोर्टहरुको उडान प्रभावित । न्यूयोर्कको लगौर्डिया, नेवार्क एवं फ्लोरिडाका एयरपोर्टहरुमा कार्यरत एयर ट्राफिक कन्ट्रोलरले बिरामी बिदा लिइदिँदा सबै जहाजको उडान डिले हुन पुगेको थियो । 
 
३४ दिन देखि बिना तलव काम गर्न बाध्य ट्राफिक कन्ट्रोलरहरुले पछिल्ला केही दिन देखि काम गर्न धेरै कठिन भइ सकेको बताए पनि सरकारले चासो दिएको थिएन । राष्ट्रपति डोनाल्ड ट्रम्प देखि उनका सबै सहयोगी र परिवारका सदस्य समेत दक्षिणी सीमामा पर्खाल लगाउने ‘महान् काम’को लागि सरकार सट डाउन भएको हुँदा कर्मचारीले ‘सानातिना’ समस्या सहनुपर्ने बताउँदै आएका थिए । 
 
तीन प्रमुख एयरपोर्टमा देखिएको गम्भीर समस्याले भने ट्रम्पलाई आफ्नो अडानबाट हट्न बाध्य पारेको छ । उनले शुक्रबार दिउँसो ह्वाइट हाउसबाट सम्बोधन गर्दै ‘सरकार खोल्ने डिल भएको’ जनाएका हुन् ।
 
मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउन पाँच अर्ब ७० करोड अमेरिकी डलर रकम नछुट्याइएको बजेट बिधेयकमा हस्ताक्षर नगर्ने दावी गर्दै आएका ट्रम्प अन्ततः चिसो पानीले नुहाउन बाध्य भए । नयाँ सम्झौता अनुसार फेब्रुअरी १५ सम्मका लागि सरकार खुलाउने र कर्मचारीलाई तलव दिइनेछ । ट्रम्पले माग गरेको पर्खालका लागि तत्काल कुनै रकम छुट्याइएका छैन ।
 
बिभिन्न सर्भेक्षणहरुमा बहुसंख्यक अमेरिकीले उनी सहित रिपब्लिकनहरुलाई नै सट डाउनको दोषी देखाउँदै आएका थिए । पर्खालका लागि भनेर सरकारनै बन्धक बनाउनु उपयुक्त नरहेको उनीहरुको दावी थियो । ट्रम्पले चुनावी क्याम्पेनमा मेक्सिकोले पर्खालको रकम भुक्तानी गर्ने दावी गरेकोमा अहिले सर्वसाधारणले कर तिरेको पैसा माग्नु उपयुक्त नहुने भन्दै डेमोक्र्याटले उनको प्रस्ताव अश्विकार गर्दै आएका थिए । 
 
आठ लाख कर्मचारीले तलव नपाएको, ट्रेजरी डिपार्टमेन्ट ठप्प हुँदा सर्वसाधारणले कर फिर्ता नपाएको, साना तिना ठेकेदारले आफुले गरेको कामको भुक्तानी नपाएको, कतिपय संघीय अदालतनै चल्न नसकेको हुँदै अन्ततः एयरपोर्टहरुनै ठप्प हुने अवस्था आए पछि रिपब्लिकनहरुबाटै ट्रम्पलाई ब्याक हुन तिब्र दवाव परेको थियो । उनले तीन साता भित्र पर्खालका लागि सहमति नभए सरकार फेरी सट डाउन हुने वा आफुले दक्षिणी सीमामा संकटकाल घोषणा पर्खाल निर्माण गर्ने दावी भने दोहोर्याएका छन् । हुनत विहीबारसम्म उनी तीन साताका लागि सरकार खुलाएर सीमा सुरक्षा बारे छलफल जारी राख्ने प्रस्ताव उपर पनि पर्खालका लागि ठूलो डाउन पेमेन्ट बिना आफ सहमत नहुने दावी गर्दै आएका थिए । त्यसैले शुक्रबार सरकार खुलाउने घोषणाक्रममा पर्खालका लागि पैसा पाउनै पर्ने अडान ‘फेस सेभिङ’का लागि मात्र दोहोर्याइएको अमेरिकी संचारमाध्यमहरुको विश्लेषण छ ।   
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार