ब्राजिलमा बाँध भत्कदा ३४ जनाको मृत्‍यु , थुप्रै बेखबर

ब्राजिलमा  बाँध भत्कदा ३४ जनाको मृत्‍यु , थुप्रै बेखबर
तस्बिर : सी एन् एन्
अमेरिका 
ब्राजिलस्थित एक खनिज कम्पनिमा संचालित बाँध शुक्रबार भत्किदा कम्तीमा ३४ जनाको मृत्‍यु भएको छ भने करिब ३ सय जना हराएको जनाईएको छ ।बिश्वकै बिशाल फलाम उत्पादनकर्ता कम्पनीहरु मध्येको ‘भेल ‘ नामक खनिज उत्पादन कम्पनीद्वारा संचालित उक्त बाँध भत्किदा हराई रहेका करिब ३ सय जना मध्ये  २६० जना सोही खनिज उत्पादन कम्पनिमा कार्यरत कामदारहरु रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । बाँध फुट्दा भेलको फलाम खानिका कामदारहरु दिउसोको खाना खाँदै थिए । बाँध फुटे पछी बागाएर ल्याएको हिलो ढुङ्गा खनिज जस्ता पदार्थले दक्षिणपुर्बी राज्यको ब्रुमाडिनहो शहरको ठुलो हिस्सालाई पुरेको कारण थुप्रै धनजनको क्षती भएको समाचार एजेन्सीहरुले जनाएका छन्।मिनास जेराइस् राज्यको नागरिक सुरक्षा प्रतिनिधीलाई उद्धरित गर्दै समाचार संस्था एपि का अनुसार हाल सम्म २७९  जनालाई सकुसल उद्धार गरिएको छ भने २३ जनालाई अस्पताल भर्ना  गरिएको छ । घटना पछी उक्त राज्यको न्यायपालिकाले फलाम उत्पादन कम्पनी भेलको खाताबाट करिब २६ करोड अमेरिकि डलर रोक्का गरेको छ ।  उक्त रकम राज्यले बिस्फोटका कारण हुने पुगेको  क्षति तथा पिडितहरुको सहयोगमा खर्च गर्ने गरी न्यायपालिकाको अधिनमा राख्ने भएको छ ।बिस्फोट पछि रास्ट्रपति जाईर बोलसोनारोले घटनास्थलको निरक्षण गरेका छन् भने हराई रहेकाहरुको खोजि तथा उद्धारकार्य जारि रहेको छ । घटना पछी न्युयोर्कको सेयर बजारमा भेलको मुल्यमा १० प्रतिशत गिरावट आएको छ ।  
यस अगाडि संन्  २०१५ पनि भेल र अस्ट्रेलियन खनिज कम्पनी बिलिटनद्वारा संयुक्तरुपमा मिनास जेराइसमा संचालित बाँध बिस्फोट हुँदा १९ जनाको मृत्‍यु भएको थियो ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग