फिलिपिन्सको चर्चमा बम बिस्फोट २० जनाको मृत्‍यु

फिलिपिन्सको चर्चमा बम बिस्फोट २० जनाको मृत्‍यु
तस्बिर : सी एन् एन्
फिलिपिन्स , मनिला 
फिलिपिन्सको दक्षिण भागमा रहेको एक क्याथोलिक चर्चमा बम बिस्फोट हुँदा २० जनाको मृत्‍यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।  मिनानडो क्षेत्रमा आईतबार  बिहान  भएको बिस्फोटमा पहिलो बम क्याथडरल चर्च भित्र बिस्फोट भएको थियो भने दोश्रो तत्काल केही मिनेट भित्रै नजिकै रहेको सैनिक समुह माथि  लक्षित गरेर कार पार्किङ्मा गराईएको थियो ।  कुल ८१  घाइते मध्ये फिलिपिन्सको राष्ट्रिय सेनाको आर्म फोर्स अफ फिलिपिन्सका १४ जना सेना र २ जना प्रहरी समेत परेका छन्। अहिले सम्म कुनै समुहले बिस्फोटनको जिम्मेवारि नलिए पनि केही दिन अगाडि भएको जनमत संग्रहको निर्वाचनमा सोही क्षेत्रमा बसोबास गर्ने ठुलो संख्याका मुस्लिमहरुले ग्रेटर अटोनोमीको पक्षमा मतदान गरेका थिए । जनमत संग्रहले मुस्लिम बाहुल्यता भएको क्षेत्रलाई बङ्सामरो अटोनोमस् क्षेत्र बनाउन अनुमोदन गरेको थियो । सरकार र मोरो ईस्लामिक लिबरेसन फ्रन्ट बिच भएको शान्ती सम्झौताको पारीणाम स्वरुप जनमत संग्रह सम्पन्न भएको थियो । अधिकारीहरुले दसकौ देखी चल्दै आएको ईस्लामिक प्रिथकताबादी र सरकारी सेना बिचको हिँसाको राजनीतिक समाधान जनमत संग्रहले गर्ने अपेक्षा गरिएको थियो ।
( एजेन्सीको सहयोगमा ) 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार