एनआरएनएको सदस्यता लिन नेजाको आग्रह

एनआरएनएको सदस्यता लिन नेजाको आग्रह
 
अमेरिका । 
 
नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता लिन अमेरिकन बासी गैर आवासीय नेपाली समक्ष आग्रह गरेको छ । 
एनआरएनए प्रवासमा वस्ने सबैं नेपालीको साझा संस्था भएको उल्लेख गर्दै नेजाले सदस्यता लिन सम्पूर्णमा आग्रह गरेको हो । आइतवार अध्यक्ष सुदीप पन्तको अध्यक्ष्ँतामा सम्पन्न नेजा कार्यसमितिको वैठकले एनआरएनए सदस्यता वृद्दि अभियानमा रचनात्मक सहयोग गर्ने निर्णय गर्दै त्यसका लागि आफ्ना संचारमाध्यमहरुमा सदस्यता अभिवृद्दिका लागि आवश्यक सामाग्री प्रकाशन र प्रसारण गर्न पनि नेजा सम्वद्ध सबैं पत्रकारमा नेजाले अनुरोध गरेको महासचिव किरण मरहठ्ठाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । 
गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्हरुमा एनआरएनए अमेरिका सदस्यको हकमा बलियो राष्ट्रिय समन्वय परिषद्कोरुपमा लिइन्छ । एनआरएनए अमेरिकाले आउदो फ्रेबुअरी १५ सम्म सदस्यता वृद्दि अभियान चलाइरहेको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार