लवक नेपाली समाजको पाचौ बार्षिकोत्सव

एनआरएनएको सदस्यता लिन साहको आग्रह
लवक ( टेक्सास) ।
नेपाली समाज लवक टेक्ससले शनिवार एक कार्यक्रमका बीच आफ्नो पाचौं बार्षिकोत्सव मनाएको छ । रेशम घर्तिको अध्यक्षतामा पाचबर्षअघि स्थापना भएको लवक नेपाली समाजले अमेरिका तथा नेपालमा भूकम्प, खानेपानी लगायतका सामाजिक कार्यमा सहयोग गरेको वताईएको छ । बरिष्ठ बैज्ञानिक एवं समाजकै पूर्व अध्यक्ष माधव पाण्डेले संस्थाले गएको भुकम्पमा सहयोग गर्न यहा‘स्थित टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग मिलेर २३ लाख रूपया‘ बढी रकम संकलन गरेको थियो थियो । उक्त रकममध्ये १५ हजार डलरभन्दा बढी रकम एनआरएनमार्फत भूकम्पपीडितकालागी सहयोग गरेको पूर्व अध्यक्ष पाण्डेले संस्थाले गरेका कार्यक्रमहरू प्रस्तुत गर्नेक्रममा वताए । संस्थाले लमजुडस्थित श्री चन्द्रोदय प्राइमरी स्कुलमा स्वस्थ खानेपानीको स्थापनार्थ ८० हजार रूपैया सहयोग गरेको उदाहरणीय कार्यक्रम लगायत अमेरिकामा भाषा पाठशाला र टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति लगायतका कार्यक्रममा सहयोग गरेको जानकारी पूर्व अध्यक्ष पाण्डेले वताए । करिब ३ सय नेपालीहरूको बसोबास गरेपनि नेपाल र नेपाली समाजकालागी यहाका नेपालीहरूले उदाहरणीय कार्यक्रम गरेको आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र गौतमले वताए ।

कार्यक्रममा टेक्सास नेपाली समाजका अध्यक्ष सुमन थापा, नेपाल अमेरिका पत्रकार संघ, नेजाका सचिब सुरज भण्डारी, व्लड डोनर्स अफ अमेरिकाका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार डा नन्द रेग्मी, विडिए टेक्ससका अध्यक्ष शिव काफ्ले, इन्द्रेणी सांस्कृतिक संघका पूर्व अध्यक्ष तारा भुसाल, संघका बोर्ड अफ ट्रस्टी जनक राना, संघका महासचिव जिबराज बुढा, समाजिक अगुवा शारदा रिमाल, जोलप्रसाद ढकाल लगायतले लवक समाजले गरेका कामको प्रसंसा गर्नुका साथै हातेमालो गरेर अगाडी बढ्ने वताए । संस्थाको पन्च बर्षगाठको अबसरमा कविता, गीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । यसै अवसरमा ९ व्यक्तिहरूले रक्तदान गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया