अव एनएसटी र इन्द्रेणीले सहकार्य गर्ने

 
विश्व न्यूज संवाददाता
अर्विङ । 
मुख्य चारवटा नेपाली धार्मिक तथा सांस्कृतिक पर्वहरुको अवसरमा गरिने कार्यक्रम  टेक्ससको अर्विङमा नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघले एकले अर्कोलाई सहयोग गर्ने गरी बाडेर गर्ने भएका छन् । समाजले नया वर्ष र दसैंमा कार्यक्रम आयोजना गर्नेछ र त्यसमा इन्द्रेणीको सहयोग रहनेछ भने होली र तीज पर्वमा इन्द्रेणीले कार्यक्रम आयोजना गर्ने छ त्यसमा समाजको सहयोग रहनेछ । 
 
एउटैं पर्वमा समेत भिन्न भिन्न कार्यक्रम आयोजना हुदा सहभागिलाई पर्ने अप्ठ्यारा देखि प्रभावकारीतालाई समेत हेरेर दुवैं संस्थाले एकले अर्कोलाई सहयोग गर्ने गरी बाडेर कार्यक्रम गर्ने निर्णय गरेका हुन् । कार्यक्रम बाडेर गरिएपनि सबैं कार्यक्रमहरुमा एकले अर्कोलाई सहयोग गर्ने हुदा त्यो कार्यक्रम संयुक्त खालको हुने बताइएको छ । 
नेपालीका समाजका तर्फवाट महासचिव भक्त भण्डारी, सचिव परशुराम दाहाल तथा इन्द्रेणीको तर्फवाट अध्यक्ष शुसील क्षेत्री,उपाध्यक्ष्ँ उत्तम खड्का, सचिव रुपक खड्का,कोषाध्यक्ष देवीलाल शर्माको उपस्थितिमा भएको छलफलले साझा ढंगले पर्वहरुको अवसरमा कार्यक्रम गर्ने निर्णय गरेको र यसले आगामी दिनमा यहा कार्यक्रमहरुमा अझ रौनकता बढ्ने विश्वास आफूहरुको रहेको इन्द्रेणीका अध्यक्ष शुसील क्षेत्रीले बताए ।   
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग