न्यूयोर्कका नेपालीको बानियाँलाई आर्थिक सहयोग

न्यूयोर्कका नेपालीको बानियाँलाई आर्थिक सहयोग
काठमाडौं । क्यान्सरले एउटा खुट्टा गुमाएका केवल बानियाँलाई न्यूयोर्क निवासी नेपालीहरूले १ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेका छन् । रोग लागेर जागिर छोड्नु परेपछि बानियाँलाई आर्थिक सहयोगको खाँचो परेको हो । संक्रमणको कारणले उनको अर्को खुट्टा पनि प्रभावित भएपछि बाँकी एउटा खुट्टा जोगाउन सबैले पहल गरेका छन् ।
न्यूयोर्क लायन्सका संस्थापक कृष्ण आचार्यले उक्त रकम हस्तान्तरण गर्दै भविष्यमा पनि आवश्यक सहयोग गर्ने बताएका छन् । न्यूयोर्क लायन्स बुद्धले यसअघि २०७३ सालमा सुनसरी बाढीपीडित, २०७५ मा क्यान्सरपीडित लक्ष्मीप्रसाद चौधरीलाई पनि सहयोग गरेको थियो    ।
सहयोग रकम क्लबका सदस्यहरू कृष्ण आचार्य, बेगम पण्डित, सुर्य लम्साल, सूर्य सिंखडा, बुद्ध पौडेल, चन्द्र जिसी, चन्द्र नेपाली, सोनु मल्ल, सोनिया अधिकारी, अर्जुन पौडेल, दीपकराज घिमिरे, रोशन अर्याल, विक्रम खतिवडा र रिमाया नेपालीले सामूहिक गरेका रुपमा हुन् । पछिल्ला बर्षहरुमा अमेरिकामा नेपालि डायस्पोरा लायन्स क्लब मार्फत सक्रिय बनिरहेको छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार