माघ १ देखि ७ गतेसम्मको राशिफल

माघ १ देखि ७ गतेसम्मको राशिफल
मेष
यो साताको सुरु कष्टजनक रहनेछ । होसियारीसँग काम गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि कमजोरी देखापर्न सक्छ । मनमा चिन्ता पर्न सक्छ त्यसैले आफ्नो रिसमा नियन्त्रण राख्नु होला । अन्त्यतिर भने आर्थिक लाभ तथा ऋणबाट मुक्ति मिल्ने योग छ ।
 
वृष
यो साता मध्यम देखिन्छ । अचानक खर्च आइपर्ने देखिन्छ भने आम्दानी सामान्य नै रहनेछ । व्यापार व्यवसायका लागि भ्रमणको योग रहेको छ । साताको मध्यमा भने लाभ हुन सक्ने भए तापनि स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ ।
 
सिंह
व्यापार व्यवसायबाट फाइदा मिल्नेछ । साथीभाइसँग भेटघाटमा मन रमाउनेछ । धन लाभको योग भएको हुँदा व्यापार तथा नोकरीमा उन्नति हुन सक्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । रमाइलो यात्राको योग रहेको छ ।
 
कन्या
साताको सुरुवातमा भाग्यले साथ कम दिनेछ । शत्रुहरु बढ्नेछन् साथै नोक्सान पनि पु¥याउन कोसिस गर्नेछन् त्यसैले सावधान रहनुहोला । स्वास्थ्यमा सुधार आउनेछ । परिवार तथा समाजमा मानसम्मान पाइनेछ ।
 
धनु
व्यापार र उद्योगमा फाइदा हुनेछ । लगनशीलताले गरेको कामले फाइदा दिलाउन सक्छ । चिताएका काम बन्नेछन् र मानसम्मानसमेत पाइनेछ । प्रेमी र प्रेमिकाबीचको सम्बन्ध केही विवादबाट सम्बन्ध अझै बलियो बन्न जानेछ ।
 
मकर
साताको सुरुवातमा मनमा चिन्ता पर्न सक्छ भने स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । आम्दानी बढ्नेछ, यात्रा सफल रहनेछ, व्यापार व्यवसायबाट फाइदा मिल्नेछ । साताको अन्त्यसम्म नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । 
 
कर्कट
यो साता प्रायजसो आफन्त तथा परिवारसँग मोजमस्तीमा बित्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । व्यापार र उद्योगमा लगनशीलताले गरेको कामले फाइदा दिलाउन सक्छ । मित्र तथा मान्यजनको सहयोग मिल्नेछ ।
 
 
मिथुन 
साताको सुरुदेखि नै धेरै रुपबाट राम्रो समय देखिएको छ । धन–सम्पत्तिमा बढोत्तरी, मान–सम्मानका साथै ऐश्वर्य बढ्ने देखिन्छन् । प्रतिस्पर्धीहरू पछि पर्नाले दिगो फाइदाको काम प्राप्त हुनेछ । साताको अन्त्यसम्म चिताएका काम बन्नेछन् ।
 
वृश्चिक
साताको सुरुदेखि नै धेरै रुपबाट राम्रो समय देखिएको छ र धन–सम्पत्तिमा बढोत्तरी, मान–सम्मानका साथै ऐश्वर्य बढ्ने देखिन्छ । साताको अन्त्यसम्म नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ ।
 
तुला
साताको सुरुदेखि नै धेरै रुपबाट राम्रो समय देखिन्छ । धन लाभको योग भएको हुँदा व्यापार तथा नोकरीमा उन्नति हुन सक्नेछ । मित्र तथा मान्यजनहरुको सहयोग मिल्नेछ र फसेको सम्पत्तिको लगानी उठाउनलाई राम्रो मौका देखिन्छ ।
 
कुम्भ 
आफन्त र परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । कला तथा खेलकुद क्षेत्रतिर प्रतिस्पर्धाका लागि ठूलो अवसर प्राप्त हुन सक्छ । साताको सुरुमा अध्ययन–अध्यापन, आर्थिक क्षेत्रमा प्रगति हुनेछ ।
 
मीन
यो साता स्वास्थ्यमा सुधार आउनेछ । धन–सम्पत्तिमा बढोत्तरी, मान–सम्मान बढ्ने देखिन्छ । आम्दानी बढ्नेछ, यात्रा सफल रहनेछ, व्यापार व्यवसायबाट फाइदा मिल्नेछ । साथीभाइ तथा श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा समस्या पर्न सक्छ ।
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार