५६ प्रतिशत अमेरिकी ट्रम्पलाई २०२० मा भोट नहाल्ने पक्षमा, डेमोक्र्याटमा बाइडेन र ह्यारिस अगाडि

५६ प्रतिशत अमेरिकी ट्रम्पलाई २०२० मा भोट नहाल्ने पक्षमा, डेमोक्र्याटमा बाइडेन र ह्यारिस अगाडि
न्यूयोर्क 
अमेरिकामा डेमोक्र्याटहरुलाई डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन जति हतारो छ त्यस अनुरुप आफ्नो दलबाट उनका प्रतिश्पर्धी छनौटमा भने मतैक्यता देखिएको छैन । मंगलबार सार्वजनिक भएको वासिंटन पोष्ट–एबिसी न्यूजको सर्भेक्षण अनुसार आफुलाई डेमोक्र्याटको रुपमा चिनाउने ५६ प्रतिशत अमेरिकीले आसन्न राष्ट्रपति निर्वाचनका लागि कुनै व्यक्तिको नाम तय गरि नसेकेको जवाफ दिए । 
 
सर्भेक्षणमा समावेश गरिएका हाइप्रोफाइल नाममध्ये कसैले पनि दोहोरो अंकको समर्थन पाउन सकेनन् । पूर्व उपराष्ट्रपति जोय बाइडेन, पूर्व फष्ट लेडी मिचेल ओबामा, सिनेटरहरु कमला ह्यारीस, एलिजावेथ वारेन, बर्नी स्यान्डर्स, पूर्व हाउफ अफ रिप्रिजेन्टेटिभ बेटो ओ’रर्क लगायतको नाम सभेक्षणमा समावेश गरिएको थियो । 
 
बाइडेन र ह्यारिस डेमोक्र्याटिक समर्थकको अग्रस्थान देखिएका छन् । उनीहरुलाई क्रमशः नौ र आठ प्रतिशत डेमोक्रेटिक मतदाताले समर्थन गर्ने बताए । यस्तै स्यान्डर्स चार प्रतिशत, ओ’रर्क तीन प्रतिशत एवं ओबामा र वारेन क्रमशः दुई प्रतिशत समर्थनमा छन् । सूचीमा रहेका छ हाइप्रोफाइल नाममध्ये ह्यारिस र वारेनले मात्र अहिलेसम्म २०२० को चुनावका लागि औपचारिक उम्मेद्वारी घोषणा गरेका छन् ।
 
सर्भेक्षण भने ह्यारिसले आईतबार क्याम्पेन सुरु गर्नु अगावै सम्पन्न भएको हो । यस्तै बाइडेनले समेत सोमबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा उम्मेद्वारीबारे छिटै निर्णयमा पुग्ने बताएका छन् । स्यान्डर्स र ओ’रर्कले पनि छिटै निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ओबामाले भने आफु उम्मेद्वार नबन्ने घोषणा गरि सकेका छिन् । 
 
सर्भेक्षणले ट्रम्पका लागि भने शुभ संकेत देखाएको छैन । ५६ प्रतिशत अमेरिकीले २०२० मा ट्रम्प विरुद्ध मत दिने बताएका छन् । १४ प्रतिशतले ट्रम्पलाई भोट दिनेबारे सोच्न सकिने र २८ प्रतिशतले निश्चित रुपमा उनैलाई समर्थन गर्ने जनाएका छन् ।
 
स्वतन्त्र मतदातामध्ये ५९ प्रतिशतले ट्रम्पलाई समर्थन नगर्ने बताएका छन् । ट्रम्पको यही अलोकप्रियताको कारण पनि डेमोक्रेटिक प्राइमरीमा हाइप्रोफाइलहरुले कसरत तिब्र पारेका हुन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग