साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
(२८ जनवरी २०१९  देखि ०३ फेब्रुअरी २०१९  सम्म)
गुरु मित्र शर्मा ,न्युयोर्क 
मेष:
यो साता राम्रो –नराम्रो दुवै फल मिल्नेछ।साताको सुरुमा भाग्यवृद्धि, आर्थिक क्षेत्रमा तथा परिवारमा उन्नति हुनेछ।साताको मध्य देखि अन्त्यसम्म समय खासै लाभदायी देखिदैन।स्वास्थ्य,सन्तान, जग्गा तथा बहान आदिमा चिन्ता तथा कस्ट पर्न सक्छ।होशियारी संग काम गर्नु पर्ने देखिन्छ र नया काम नगर्दा राम्रो होला ।
 
वृष:
साताको सुरुमा आम्दानी बढ्नेछ, यात्रा सफल रहनेछ, ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । मान्यजनहरुको  सहयोग मिल्नेछ । आफ्नो बोलीमा नियन्त्रण गर्नु होला साथै वाहन चलाउदा ध्यान दिनुहोला। साताको अन्त्य सम्म अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।
 
मिथुन:
यो साता मध्यम नै रहने छ।साताको सुरुमा प्रेम क्षेत्रमा सफलता तथा आम्दानी बढ्नेछ।अनावश्यक विवादबाट बच्नको लागि आफ्नो रिस तथा बोलीमा नियन्त्रण गर्नुहोला।आँटेको काममा सफलता पाउनको लागि यो साता अलिक बढी नै मेहेनत गर्नुपर्ला साताको अन्त्यमा दाम्पत्य जीवनमा कलेश पर्न सक्छ
 
कर्कट:
साताको सुरुदेखि नै धेरै रुपबाट राम्रो समय देखिएकोछ ।धार्मिक काममा रुची बढ्नेछ।स्वास्थ्यमा सुधार आउनेछ।ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ।प्रेमी प्रेमिका बीचको सम्बन्धमा घुमघाम अथवा किनमेल आदिले खर्च बढ्नेछ।परिवारमा खुशीयालीको साथै खर्च पनि धेरै हुनसक्ने हुनाले खर्चमा नियन्त्रण गर्नुहोला।
 
सिंह:
साताको सुरुदेखि नै धेरै रुपबाट राम्रो समय देखिएता पनि स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ।धन लाभको योग भएको हुँदा व्यपार तथा नोकरीमा उन्नति हुनसक्नेछ।व्यक्तित्वको बिकाश हुनेछ।नया कुरा प्रति चासो तथा सिक्ने  अवसर प्राप्त  हुनेछ ।अचल सम्पतिको किन-बेचमा पनि अवसर प्राप्त हुन्सक्ला। 
 
कन्या:
साताको सुरुमा भाग्यवृद्धि, आर्थिक क्षेत्रमा
उन्नति तथा सामाजिक प्रतिष्ठा बढ्ने  छ । सोचेको, आटेको काममा सफलता मिल्नेछ ।ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ ।प्रेम सम्बन्धमा केहि विवाद पर्न सक्छ ध्यान दिनुहोला।नोकरी गर्नेहरु तथा विद्यार्थीहरुले यो हप्ता कडा मेहेनत गर्नुको साथै सत्रुहरुबाट सावधान रहनु पर्ने देखिन्छ।
 
तुला:
धनलाभको योग भएको हुँदा व्यपार तथा नोकरीमा उन्नति हुनसक्नेछ ।अध्ययन अध्यापनमा सफलता मिल्नेछ। पुराना मित्रहरुसंगको भेटघाट, फुर्तिलो स्वास्थ्य र घरपरिवारमा मांगलिक कार्यको अवशर देखापरेको छ। घुमघाम तथा किनमेलमा खर्च हुन सक्ने हुनाले खर्चमा नियन्त्रण गर्नुहोला।
 
बृश्चिक:
साताको सुरुमा होशियारीसंग काम गर्नु पर्ने देखिन्छ।सरकारी कार्यमा ढिलाई हुनुको साथै जग्गा जमिनको कुराले विवादमा पर्न सक्नु हुन्छ।साताको सुरुमा केहि अबरोध भए  तापनि अन्त्यसम्म सफलता मिल्ने छ।साताको अन्त्यमा आर्थिक तथा भाग्यमा वृद्धि हुने छ ।जीवन साथी तथा पारिवारिक सम्बन्ध राम्रो रहनेछ ।
 
धनु:
कार्यबाट सफलता ,व्यापार र उद्योगमा फाइदा हुनेछ । लगनशीलताले गरेको काममा फाइदा मिल्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ।दुर्घटना हुने सम्भावना भएकोले वाहन चलाउदा ध्यान दिनुहोला।अनावश्यक विवादमा पर्न सक्ने हुनाले बच्ने कोसिस गर्नुहोला ।सरकारी कार्यमा ढिलासुस्ती तथा तनाब हुन सक्छ ।
 
मकर:
ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ ।  रमाइलो यात्राको योग रहेको छ । आकस्मिक धन लाभ हुनेछ । प्राबिधिक काममा प्रगति हुनेछ । मित्र तथा मन्यजन्हरुको  सहयोग मिल्नेछ ।धार्मिक काममा रुची बढ्नेछ।चोटपटक लाग्ने सम्भावना रहेकोहुदा होसियार रहनुहोला।
 
कुम्भ:
यो साता राम्रो –नराम्रो दुवैफल मिल्नेछ। ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ।घरदेखि टाढा अथवा विदेश भ्रमण गर्ने खोज्नेहरुलाई पनि यो साता उत्तम रहनेछ।खर्चबढ्नेछ , अनावस्यक काममा समय बर्वाद होला | प्रेमी प्रेमिका बीचको सम्बन्धमा शंकास्पद व्यवहार देखापर्ला।
 
मीन:
शत्रुले कुनै न कुनै तरिकाबाट दुख दिन सक्ला| सहनशीलता तथा धैर्यता अपनाउनु बेश होला।दाम्पत्य जीवन र व्यापारको स्थिति मजबूत रहनेछ।आफन्तीजनहरुको सहयोग र पारिवारिक खुशी रहनेछ।ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ।लगनशीलताले प्रतिष्ठा दिलाउनेछ ।मानसम्मान समेत पाइनेछ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग