वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा
रमेश श्रेष्ठ 
कानुन ब्यबसायी ,न्युयोर्क 
 
मेरो परिवारको आई–७३० को निवेदन स्वीकृत भएर आयो । मेरो दुई जना नाबालक बच्चाहरु र श्रीमती छिन् । अब नेपालमा अमेरिकी राजदूतावास गएर गर्नुपर्ने प्रक्रिया के हो ? वा राजदूतावासले नै हामीलाई खबर गर्छ होला कि ? कृपया बताइदिनुहोला ।
– हर्कबहादुर, अमेरिका
 
तपाईंको परिवारहरुका लागि आई–७३० पेटिसन स्वीकृत भएकोमा बधाई छ । उहाँहरुले पनि यस निवेदनमार्फत डेरिभेटिभ असाइलीको स्टाटस प्राप्त गर्नुभई अमेरिकामा असाइलीका रुपमा प्रवेश गर्न सक्नुहुनेछ । आई–७३० को अप्रुभल आइसकेको भए त्यसको ओरिजिनल अप्रुभल नोटिस सबैका लागि उनीहरुको नाम उल्लेख भएको १-१ थान नेपालमा पठाइदिनुहोला । सो अप्रुभल नोटिस लिएर युएस कन्सुलेट अफिस, काठमाडौं गएर सो कुराको जानकारी उनीहरुलाई दिनुपर्ने हुन्छ । यदि युएस कन्सुलेट अफिसले तपाईंको परिवारहरुको फाइल प्राप्त गरिसकेको भए, त्यसपछिको प्रोसेसका लागि निर्देशन दिनेछ । त्यसमा मेडिकल, फिङ्गर प्रिन्ट्स र ब्याकग्राउण्ड चेक जस्ता कुराहरु पर्नेछ ।
यी सबै कुराहरु पूर्ण भएपछि अन्तरवार्ताको मिति दिनेछ । अन्तरवार्ताको समयमा पासपोर्ट, फोटोलगायत नाता प्रमाणित गर्ने सम्पूर्ण सक्कल कागजपत्र लिएर जानुपर्नेछ । यदि नातासम्बन्धी शंका निस्केमा डीएनए टेस्ट अर्थात् रगत जाँच गराउने माग पनि गर्न सक्छ । बच्चाहरु र बाबुआमाको नाता स्थापित गर्नका लागि बच्चाहरु र बाबु, आमा सबैको क्रस–डीएनए पनि गर्नका लागि माग गर्न सक्नेछ । शुरुशुरुमा डीएनएको माग युएस कन्सुलेट अफिस, काठमाडौंले केही निवेदनहरुमा मात्र माग गथ्र्यो भने आजभोलि झण्डै ५० प्रतिशतभन्दा बढी निवेदनहरुमा गर्न थालेको छ । डीएनएको माग केस–बाई–केस हुन सक्छ । डीएनएको मागको मात्रा बढ्न गएका कारण शरणार्थीको निवेदकहरुले अर्काको बच्चालाई आफ्नो भनी असाइलम एप्लिकेसनमा नाम लेखाउने र नभएको श्रीमान्–श्रीमतीलाई भएको हो भनी नाम राखी अमेरिकामा एसाइलीको रुपमा ल्याउने गरेको अवैध कामको प्रयोग बढी भएकाले हो ।
नेपाली नाता प्रमाणित गर्ने कागजपत्र वा सरकारी कागजपत्र आधारविना वा कालो बजारमा पनि सजिलै उपलब्ध हुने हल्ला भएकाले त्यस्ता कागजपत्रको प्रमाणिक महत्व युएस कन्सुलरको नजर अति नै कम रहन गएको छ । त्यसैले नाता प्रमाणितका कागजपत्रहरुका साथसाथै अन्य कागजपत्रहरु,जसले जेन्युन ब्लड रिलेसनसिप झल्काउँछ, त्यस्ता डकुमेन्टस पनि भए राम्रो हुनेछ । जस्तै– स्कूल रिकर्डस्, मेडिकल रिकर्डस्, प्रोपर्टी रिकर्डस् आदि । यदि अन्तरवार्तामा पास भए युएस कन्सुलेटले भिसा दिनेछ ।
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार