युएईसगको पहिलो टी ट्वान्टी खेलमा नेपाल पराजित

युएईसगको पहिलो टी ट्वान्टी खेलमा नेपाल पराजित
विश्व न्यूज संवाददाता
काठमाण्डौं । 
संयुक्त अरव इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टि ट्वान्टी सिरिजको पहिलो खेल गुमाएको छ । एकदिवसीय सिरिज २–१ ले जितेको नेपालले युएईसग टी ट्वान्टी सिरिज खेलिरहेको छ । 
टी ट्वान्टी सिरिजको पहिलो खेलमा पहिला बलिङ गरेको नेपालले कसिलो बलिङ गर्न चुकेको थियो । युएइले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५३ रन जोडेको थियो । युएइका लागि सैमन अनवरले ५९, मोहम्मद उस्मानले ३०, मोहम्मद बुटाले अविजित २० र सिपि रिजवानले २२ रनको योगदान गरेका थिए । 
नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले २/२ विकेट लिएका थिए ।
बलिङपछि १ सय ५४ रनको विजय लक्ष्यका साथ मैदानमा ओर्लिएको नेपालले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा मात्र १ सय ३२ रन जोड्न सफल भएको थियो । नेपालका लागि सन्दीप जोराले अविजित ५३ रनको योगदान गर्दा १ विकेट लिएका सोमपाल कामीले ब्याटिङतर्फपनि २७ रन वनाएका थिए । कप्तान पारस खड्काले २५ रनको जोडेको खेलमा अन्य ब्याट्सम्यान दोहोरो अंक रन हिर्काउन सकेनन् । नेपाल र युएईबीच ३ वटा टी ट्वान्टी खेल हुनेछ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार