क्रिकेटमा अर्को विश्व रेर्कड

अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी बने सुनदीप

क्रिकेटमा अर्को विश्व रेर्कड
 
 
विश्व न्यूज सम्बाददाता
काठमाण्डौ
  
नेपाली क्रिकेट टिमले युएई विरुद्धको एकदिवसिय र ट्वान्टी ट्वान्टी दुबै खेलमा विश्व रेकर्ड  कायम गरेको छ । एक दिवसीय क्रिकेटमा रोहित कुमार पौडेलले विश्वका अन्य ब्याट्सम्यानहरुको रेर्कडलाई तोडदै कम उमेरमा अर्धसतक पुरा गर्ने खेलाडी बनेका थिए । भने नेपालकै सुनदीप जोरा फेरी ट्वान्टी ट्वान्टी क्रिकेटमा अर्को विश्व रेकर्ड कायम गरेका हुन । जोराले कम उमेरमा अर्धशतक प्रहार गरेका हुन । जोराले १७ वर्ष १ सय ३ दिनको उमेरमै अर्धशतक प्रहार गरेर कम उमेरमा अर्धसतक गर्ने खेलाडी बनेका हुन । यसअघि कम उमेरमा अर्धशतक प्रहार गर्ने रेकर्ड क्यानडाका हिरल पटेलको नाममा थियो । उनले १८ वर्ष १ सय ७७ दिनको हुँदा आयरल्याण्डविरुद्ध नटआउट ८८ रन बनाएका थिए । जोराले युएईविरुद्धको खेलमा ४६ बलमा नटआउट ५३ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका जोराले ३ चौका र १ छक्कासहित अर्धसतक पुरा गर्दै विश्व रेर्कड कायम गरे । यू–१९ उमेर समुहको राष्ट्रिय टोलीबाट खेलिसकेका १७ वर्षिय जोराले यसअघि यूएईविरुद्ध ओडीआई श्रृखलाको तेस्रो खेलमै डेब्यू गरेका थिए । जोराले कीर्तिमान कायम गरे पनि नेपालले युएईविरुद्धको खेल जित्न सकेन । जोराले अफगानिस्तानका उसमान घानी, पाकिस्तानका अमहद शहजाद, भारतका रोहित शर्मा लगायतलाई पछि पारेका हुन् । यसअघि नेपालका सुवास खकुरेलले अफगानिस्तानविरुद्ध ५६ रन बनाउँदा उनको उमेर २० वर्ष ३ सय ४७ दिन थियो । युएईविरुद्धकै एकदिवसीय खेलमा नेपालकै रोहित पौडेलले १६ वर्ष १ सय ४६ दिनमा युएईविरुद्ध ५५ रन प्रहार गरेर गर्दै सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका हुन् ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग