न्यूयोर्क सिटी भन्छ– ‘ट्रम्प आएपछि सहरमा आईसको छापा ह्वात्तै बढ्यो, निर्दोष पक्राउ’

न्यूयोर्क सिटी भन्छ– ‘ट्रम्प आएपछि सहरमा आईसको छापा ह्वात्तै बढ्यो, निर्दोष पक्राउ’
न्यूयोर्क
न्यूयोर्क सिटी मेयर अफिसले डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि सहरमा इमिग्रेसन एण्ड कष्टुम इन्फोर्समेन्ट (आईस) को छापा एवं धरपकड ह्वात्तै बढाएको जनाएको छ । आइसले न्यूयोर्क सिटीबाट बाराक ओबामा शासनको अन्तिम बर्ष सन् २०१६ को तुलनामा २०१७ मा ४० प्रतिशत र २०१८ मा ३५ प्रतिशत धेरै व्यक्तिलाई पक्राउ गरेको मेयर अफिसले उल्लेख गरेको हो । 
 
न्यूयोर्क आप्रवासीहरुको प्रिय सहर रहेको भन्दै आईसको धरपकड प्रति सुरु देखिनै मेयर बिल दे ब्लाजियोले आपत्ति जनाउँदै आएका छन् । आईसको पछिल्लो धरपकडका कारण कुनै आपराधिक पृष्ठभूमी बिनाका व्यक्ति पक्राउ पर्ने क्रम ४१४ प्रतिशतले बृद्धि भएको समेत जनाइएको छ । 
 
आईसले गैर कानुनी आप्रवासीहरुलाई काम लगाएको भन्दै बिभिन्न स्टोरमा बेला बेला छापा मारी पक्राउ गर्ने गरेको छ । यस्तै गैर कानुनी आप्रवासीको बसोबास स्थल समेत पत्ता लगाइ समय समयमा आइसले छापा पार्ने गरेको छ ।  देशभरको तथ्यांक अनुसार आपराधिक पृष्ठभूमी बिनाका व्यक्ति पक्राउ पर्ने क्रम ट्रम्प प्रशासनमा १४६ प्रतिशतले बृद्धि भएको जनाइएको छ । 
 
यस्तै न्यूयोर्क सिटी भित्र बसोबास गर्ने आप्रवासीलाई डिपोर्ट गर्ने क्रम पनि तिब्र बनाइएको मेयर अफिसले उल्लेख गरेको छ । सन् २०१६ को तुलनामा न्यूयोर्कबाट २०१७ मा ९३ प्रतिशत बढिलाई डिपोर्ट गरिएको र २०१८ मा यसमा २९ प्रतिशत बृद्धि गरिएको जनाइएको छ । 
 
१० बर्ष भन्दा धेरै समय अमेरिका बसि सकेका र कुनै आपराधिक पृष्ठभूमी नभएका आप्रवासी पक्राउ पर्ने दर पनि ३३४ प्रतिशतले बृद्धि भएको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग