अमेरिकाको बिमानस्थलमा १७ वटा गाडी एकै पटक खरानी हुँदा

अमेरिकाको बिमानस्थलमा १७ वटा गाडी एकै पटक खरानी हुँदा
न्युजर्सी ,अमेरिका 
आज बिहीवार न्युयोर्क संगैको राज्य न्युजर्सीमा रहेको नेवार्क इन्टरनेसनल एयरपोर्टमा एकै पटक १७ वटा कारमा आगो लागि भएको छ ।  ब्यस्त अन्तरास्ट्रिय बिमानस्थलको टर्मिनल ’ सि ’को पार्किङ् लटमा पार्क गरेर राखिएका गाडीहरुमा एक्कासी आगो लाग्दा बिमानस्थल क्षेत्र एकै पटक बाक्लो धुँवाले ढाकेर  केहीबेर आतङ्कित हुन पुगेको थियो । हजारौ गाडीहरु राखिएको पार्किङ् लटमा पार्क गरिएका गाडी मध्ये  १७ वटा गाडीमा आगो लागि भएको थियो । १७ वटा गाडीमा आगोलागी भए पनि १२ वटा गाडी भने हेर्दा हेर्दै खरानी भएका थिए । आगो लागि सुरु हुने बित्तिकै घटनास्थलमा अग्नी नियन्त्रकहरु तत्काल पुगेर आगो नियन्त्रणमा लिएका थिए ।आगो नियन्त्रणमा लिन  १७ वटा दमकलको पानी रित्तिएको बताईको  छ ।आगोलागीको कारण बारे अनुसन्धान भैरहेको बताईए पनि पार्किङ् लटमा राखिए एउटा गाडी तातेर जले पछी संगै पार्क गरिएका अन्य  गाडीमा समेत आगो सल्किएको अनुसन्धान अधिकारीहरुले बताएका छन् । संन्  २००६ मा बनेको ’डज डुराङो’ मा तातेर आगो सल्किएको थियो ।
 
२६ बर्षिय डज चालकको ,सबारी चालक अनुमती पत्र समेत म्याद गुज्रिएको अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् ।१७ वटा गाडी जल्न्ने गरी आगो बल्न सुरु भएको डजको अघिल्लो हप्ता अल्टर्नेटर मर्मत गरेको डज गाडी चालकले आफ्नो बयानमा बताएका छन् ।ति गाडी चालकलाई ल इन्फोर्स्मेन्ट अफिरले केही बेर नियन्त्रणमा लीई छाडेका थिए ।घटनाको कारण बिमानस्थल संचालनमा कुनै ब्यबधान नपुगेको अधिकारिहरुले संचार माध्यमलाई बताएका  छन्   ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार