युएईमाथि नेपालको ४ विकेटको रोमाञ्चक जीत

युएईमाथि नेपालको ४ विकेटको रोमाञ्चक जीत
 
विश्व न्यूज संवाददाता
काठमाण्डौं । 
 
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले टि ट्वान्टी सिरिजको आफ्नो दोस्रो खेलमा शुक्रवार जित हात पारेको छ । तीन वटा टी ट्वान्टी खेलको सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई नेपालले ४ विकेटले पराजित गरेको हो । 
प्हिला बलिङ गर्दै युएईलाई १९ दशमलव ३ ओभरमा १ सय ११ रनको झिनो योगफलमा नेपालले अलआउट गरेको थियो । युएईएलाई सस्तोमा अलआउट गर्ने क्रममा अविनाश बोहोराले ३ विकेट तथा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिएका थिए ।  युएईका लागि सिपि रिजवानले ४४ रनको पारी खेलेका थिए । 
१ सय ८ रनको लक्ष्य पाएर मैदान ओर्लिएको नेपालको सुरुवाती प्रर्दशन भने राम्रा रहन सकेन । ४६ रनको योगफलमा नेपालले ५ विकेट गुमाएको थियो । नेपालको जीतमा दिनेश सिंह ऐरीले ४७ रनको पारी खेलेका थिए भने करन केसीले २० रन जोडेका थिए । नेपालले लक्ष्य निर्धारित २० ओभर सकिन ३ वल बाकी छदा प्राप्त गरेको थियो । कप्तान पारस खड्का शुन्यमा आउट हुदा पहिलो खेलमा अर्धसतक हिर्काएका सुनदिप जोरा १ रनमैं पेवेलियन फर्किएका थिए । 
दोस्रो खेलमा रोमाञ्चक जीत सगैं नेपालले सिरिज १÷१ बराबरीमा पुर्याएको छ । अव अन्तिम खेल बाकी रहेको छ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार