डेमोक्र्याटबाट राष्ट्रपति दाबेदारमा थपिए न्यूजर्सी सिनेटर बोकर

डेमोक्र्याटबाट राष्ट्रपति दाबेदारमा थपिए न्यूजर्सी सिनेटर बोकर

न्यूयोर्क/अमेरिका 

 

न्यूजर्सीका सिनेटर कोरी बोकरले पनि २०२० को राष्ट्रपतिय निर्वाचनको लागि उम्मेद्बारी  घोषणा गरेका छन् । बर्तमान अमेरिकि सिनेटका प्रभावशाली सेनेटर बोकर डेमोक्र्याट पार्टीबाट उम्मेद्बारी दिने दोस्रो अश्वेत उम्मेद्वार हुन ।  बोकरले आज शुक्रबार ईमेल र भिडियो मार्फत आफ्नो उम्मेद्बारी घोषणा  गर्दै भनेका छन्     “ हामी त्यस्तो राज्य निर्माण गर्ने छौ जहाँ कोही पनि छुट्ने छैनन् र कोही पनि पछाडि पर्ने छैनन्    ”

४९ बर्षिय सिनेटर  बोकर अघि क्यालिफोर्नियाकी अश्वेत सिनेटर कमला ह्यारिसले उम्मेद्वारी घोषणा गरेकी थिइन् । बोकर अबिबाहित र शुद्ध साकाहारी ब्यक्ति हुन् । ” मलाई विश्वाश छ हामी त्यस्तो राज्य निर्माण  गर्न सक्छौ जहाँ हरेक अभिभाबकले आफ्ना  बच्चाको लागि खाना तयार गरेर हरेक दिन  टेबलमा राख्न सकुन् ।  हाम्रा हरेक शहरमा बिभिन्न सुबिधा र उच  पारिश्रमिक सहितको आकर्षक जागिर सबैलाई  दिन सकौँ ।  त्यस्तो राज्य जहाँ अपराधीक न्यायको सबलताले ( क्रिमिनल जस्टिस ) हरेक नागरिक सुरक्षित बाँच्न सकुन्  । न कि बाल बच्चाहरुलाई पिंजरा र कफिनमा राखेर देशका नेताहरु टेलिभिजन च्यानलमा देखिदा सरम मान्दै  हाँस्नु परोस“ बोकरले आफ्नो उम्मेद्वारीको औचित्य प्रष्ट्याउँदै भनेका छन् । 

सन् २०२०मा  राष्ट्रपती   ट्रम्पलाई रोक्न  सेनेटर बोकरका राजनीतिक समकक्षीहरू ह्यारिसका अलावा एलिजाबेथ वारेन( म्यासाचुइस्टेट्स)  र  क्रिस्टिन गिलिब्रान्ड(न्युयोर्क) ले यस  अगाडि नै डेमोक्र्याटबाट उम्मेद्बारी घोषणा गरिसकेका  छन् ।  यस अघिनै डेमोक्र्याटबाट राष्ट्रपतिय निर्वाचनको प्राईमरीको लागि केही महिला, एक समलिङी पुरूष, एक ल्याटिनो अमेरिकीले समेत  उम्मेद्वारी घोषणा गरी सकेका छन् । अहिलेसम्म डेमोक्र्याटबाट राष्ट्रपतिको उम्मेद्वारी घोषणा गर्नेको संख्या दर्जन पुगि सकेको छ । अझै पुर्व उपराष्ट्रपति जोए बाइडेन, सिनेटर बर्नी स्यान्डर्स लगायत हाइ प्रोफाइलको घोषणा अपेक्षा गरिएको छ । प्राइमरीबाट चुनिएका एक डेमोक्र्याट उमेद्वारले सन २०२० मा रिपब्लिकनका राष्ट्रपती उम्मेद्वार डोनाल्ड ट्रम्पसँग भिड्नु पर्ने छ ।

 
 

 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग