बडिबिल्डरका च्याम्पियन महर्जन बुटवलमा

सम्मानदेखि लेडिज फिटनेश उद्घाटनसम्म

बडिबिल्डरका च्याम्पियन महर्जन बुटवलमा
 
स्वस्तिक श्रेष्ठ
बुटवल,  माघ
दशौ विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई शनिबार रुपन्देहीमा विभिन्न संघसंस्थाहरुले सम्मान गरेका छन । सात वर्षदेखि महिलाहरुलाई शारीरिक फिटनेशको सेवा दिदै आएको सि–ईनर्जी लेडिज फिटनेश नया अत्याधुनिक सेवासहित पुनः उद्घाटन गर्न बुटवलमा आएका महर्जनलाई रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ, निर्बोध एरोबिक तथा जिमसहित विभिन्न फिटनेश क्लबहरुले सम्मान गरेका हुन । कार्यक्रममा प्रथम महिला अन्तराष्ट्रिय पदक विजेता ननिता महर्जनलाई समेत कदरपत्रद्वारा सम्मान गरिएको छ । 
महिलाहरुलाई लक्षित गरि बुटवलमा खोलिएको बुटवल वडा नं. ६ स्थित दुर्गा मन्दिर लाईनमा अत्याधुनिक सुविधासम्पन्न फिटनेशका सामग्रीमार्फत सि–ईनर्जीले सेवा सुभारम्भ गरेको छ । घरायसी काममा ब्यस्त रहने महिलाहरुलाई थोरै समयमा पनि फिट रहन विभिन्न विधीहरु सिकाउने संचालक रन्जु गौचन बताईन । खानपिनसंगै स्वस्थ्यमा ख्याल राख्न नसक्दा महिलाहरुमा मोटोपन हुने समस्या देखिने भन्दै नियमित ब्यायमबाट शरीर फिटसंगै स्वस्थ्य रहन सकिने उनले बताईन । जुम्बा ईन्ट्रक्टर नेटवर्कबाट मान्यता प्राप्त नेपालमा रहेका थोरै महिला प्रशिक्षकमध्ये आफु रहेको भन्दै उनले क्रस फिट वर्कआउट र जुम्बाका नया विधीहरु सिकाईने बताईन । सात वर्ष अघि बुटवलमा फिटनेश संचालनलाई समयको माग अनुसार नै लगानी बढाएर अत्याधुनिक स्वरुपमा फिटनेशलाई शुरु गरिएको उनले बताईन । करीब ५० लाख रुपैयाको लागतमा अत्याधुनिक सामग्रीसहितको फिटनेश सेन्टर खुलेको छ । फिटनेशमा फिजिकल वर्क, जुम्बा एण्ड एरोबिक, कार्डियो एण्ड किक बक्सिङ्ग, साउना बाथ, क्रसफिट एण्ड ग्लाडियटर, पाईलट एण्ड टाबाटा, योगा एण्ड मेडिटेशनका सेवा उपलब्ध हुने उनले बताए । यसैगरि ब्यक्तिगत रुपमा तालिमहरुका साथै बालबालिकाहरुलाई समेत तालिम दिइने छ ।
फिटनेश सेन्टरमा डिएचजेड इक्वुमेन्ट, डब्लुएनक्युका साथै टिजेड र डेलियुथका लेग प्रेस, सोल्जर प्रेस, चेष्ट प्रेस, ईङ्गक्लाईन बेन्च, स्मीथ मेशिन, केवल क्रस, ट्राम्पुलिङ्ग, टिआरएक्स ब्याड, पंचिङ्ग ब्याग, टे«डमिल, क्रस टे«नर, साईक्लिङ्ग, एभकोस्टर, भाईबे्रटर, स्टेपर, म्यानुअल ट्रेडमिल, ल्याट्रोलुल, असिस्टेन्ड चिन्डिप, सेटअप बेन्च लगायतका फिटनेशका सामग्रीहरु छन । कार्यक्रममा एमएनबिसी ग्रुपका म्यानेजिङ्ग डाईरेक्टर उत्तम शिलवाल, अन्तराष्ट्रिय बडिबिल्डिङ्गका महिला खेलाडी नलिता महर्जन बज्राचार्य, जिल्ला शारीरिक सुगठनका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, समाजसेवी ध्रुव तुलाचनले खेलकुदको महत्वबारे प्रष्ट पारेका थिए ।
 
 
 
यता रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको सम्मान कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले महर्जन जोडीलाई सम्मान गरेका थिए । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले खेल र खेलाडीको विकासमा दीर्घकालिन योजनासहित सरकार अघि बढ्न सुझाव दिए ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार