डिपिएलको खेल तालिका सार्वजनिक

उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

डिपिएलको खेल तालिका सार्वजनिक
 
काठमाडौं, माघ 
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । माघ २६ गते देखि फागुन ११ गतेसम्म आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । यस सिजनमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् । सहभागी सबै टोलीले अक्सनमार्फत यसअघि नै खेलाडी चुनिसकेका छन् ।
 
 
खेल तालिका 
 
 
सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फेब्रुअरी ९ तारिकमा विराटनगर किंग्स र धनगढी स्टार्स भिड्ने छन् । उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् जसअन्तर्गत पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट खेलाईने आयोजकले जानकारी दिएको छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग